प्रहरी बुलेटिन : १० जना जुवाडे पक्राउ
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १९:२४:३१
३० असोज, मकवानपुर । कैलाश गाउँपालिका-५ थानेडाँडा बस्ने ५६ वर्षीय राम बहादुर मोक्तानलाई भरुवा बन्दुक १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका- २६ ठमेल भगवान बहालको सडकको पार्किङबाट बा.९० प ६९२१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा गोरखा गण्डकी गाउँपालिका-८ बस्ने तनँहु बन्दिपुर गाउँपालिका-२ पार्चे घर भएका २१ वर्षीय रोमन क्षेत्री भन्ने नारायण भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न भण्डारीलाई पक्राउ गरेको हो । गत असोज ८ गते पार्किङबाट चोरी भएको उक्त मोटरसाइकल असोज २२ गते धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा नम्बरप्लेट समेत परिबर्तन गरी प्रदेश नम्बर ३-००२-००३ प १४८९ राखी सवारी दुर्घटना गराएको अवस्थामा फेला पारिएको थियो ।
भण्डारीलाई चोरी भएको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ५० वर्षीया सन्तमाया लोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय सुक बाहादुर पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाख्रिनले सन्तमाया लो समेत ३ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएकोमा सन्तमायाको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंमा १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका-६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा-४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका-११ जनपद टोल बस्ने रत्न बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय रमेश मुखिया समेत ४ जनालाई नगद ६६ हजार ४ सय ५० रुपैयाँ, ८ सय भारतीय रुपैयाँ र ३ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बिराटनगर महानगरपालिका-६ बस्ने २९ वर्षीय विकी केशरीको घरमा जुवातास खेलिरहेको अवस्थामा विकी केशरी समेत ६ जनालाई नगद २० हजार २ सय २० रुपैयाँ, २ सय ३० भारतीय रुपैयाँ र १ बुक तास सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका-६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिन उमेरको आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको हो ।
भक्तपुर, जगातीस्थित प्रहरी चेकपोष्टमा बा.४ ख ७९८१ नम्बरको हाईस गाडी चेकजाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको झिरझिरे ७ प्याकेट, भुईचम्पा ३ प्याकेट र लावर पोष्ट डिलक्स ५ प्याकेट पटाका फेला पारी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
सिराहा, सिरहा नगरपालिका-१६ स्थितबाट करिब ५० हजार मूल्य बराबरको विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । बिआर ३२ के ६४२६ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त मूल्य बराबरको पटाका फेला पारेको हो ।
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्हीबाट करिब १५ हजार मूल्य बराबरका झिरझिरे ४ सय ५० प्याकेट, रकेट १० प्याकेट र आलु बम २ प्याकेट पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
बारा, रौतहट, पर्सा, चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१६ ब्राह किलोस्थित सडकमा ना.६ ख ५६१८ नम्बरको ट्रकले बा.३५ प ४२२९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही वरहथवा नगरपालिका-५ बस्ने २१ वर्षीया ऋतिका काफ्लेको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका बुबा ४५ वर्षीय निरु प्रसाद काफ्ले र उनको ९ वर्षीय छोरा निश्चल काफ्लेको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ चस्पुरस्थित सडकमा ना.३ त १९७० नम्बरको ट्याक्टरको टेलरबाट लडेर सोही टेलरले किच्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ६१ वर्षीय महेन्द्र चौधरीको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा ना.४४ प ९९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-३ नरबस्ती बस्ने ४० वर्षीय राज कुमार बिकको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ पारस बसपार्कस्थित सडकमा ना.६ ख ८२०८ नम्बरको ट्रकले ना.१३ प ६७०३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने २० वर्षीय भविस केसीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-२९ पुतलीसडक डेरा गरी बस्ने नवलपरासी देवचुली नगरपालिका-१६ घर भएकी २६ वर्षीया आरती भुषालको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका- बस्ने राम बाबु रायको गोठमा बुधबार राति आगलागी भई छिमेकी जोगिन्द्र रायको गोठमा समेत आगलागी हुँदा दुवै जनाको गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो : एकको मृत्यु, एक गम्भीर घाइते
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार
विश्वकप क्रिकेट लिग दुई खेल्न सन्दीप अमेरिका जाँदै
कात्तिक २, २०८१ शुक्रबार