राज्यसत्ता कब्जा गर्ने ओलीको अर्को प्रयास
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार २१:२१:६
३० असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई जीवनकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको खड्गप्रसाद ओली नेतृत्वको सरकार फेरि सर्वसत्तावादी शैली र चरित्रलाई निरन्तरता दिन उद्यत छ ।
नेपाली जनताले दिएको दुई तिहाई मतको दुरुपयोग गर्न तम्सिएको ओली सरकार जनविरोधी कृयाकलापलाई अझ मलजल गर्ने सोच र शैलीका साथ अघि बढिरहेको छ । ओली चाहन्छन् राज्यका तीनवटै अंगमा आफ्नो कब्जा होस् ।
यसका लागि सबैभन्दा पहिला रिक्त रहेको व्यवस्थापिका प्रमुखमा आफ्नो पकड कायम होस् । सभामुख पदमा पकड कायम भयो भने सर्वसत्तावाद लाद्न सहज हुने ओली समूहको बुझाई छ । महिलामाथि बलात्कार काण्ड बाहिरिएपछि राजीनामा गर्न बाध्य पारिएका कृष्णबहादुर महराको ठाउँमा सभामुख बनाउन ओली समूह जालझेलको रणनीति बनाएर अग्रसर भएको छ । संविधानले सभामुख र उपसभामुख एकै दलबाट नहुने व्यवस्था गरेपनि यसअघि ओलीले उपसभामुख आफ्नै दलबाट बनाएका थिए ।
निर्वाचन हुँदा एमाले र माओवादी भएकाले फरक दल भनी अपव्याख्या गरेर उनले संविधान विपरित दुबै पद हत्याएका थिए । तर अब भने संविधानले नयाँ सभामुख बनाउँदा नेकपाबाट उमेदवार बन्न नमिल्ने भएपछि अर्काे जाली काम गर्न तम्सिएका छन् ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुखमा आफ्ना विश्वासपात्रलाई ल्याउन ओली सकृय भएका छन् । जबकी संविधानले भने संसद् विपक्षीको हुने विश्वव्यापी मान्यतालाई आत्मसात गरी यस्तो व्यवस्था गरेको हो ।
संसदीय व्यवस्था भएका मुलुकमा सरकार सत्ता पक्षको र संसद् विपक्षको भन्ने मान्यता रहने गरेको छ । अहिले सभामुख पद खाली भएकाले स्वभाविक रुपमा प्रतिपक्षलाई दिनु पर्नेमा ओलीले त्यो त्याग र विश्वास देखाउन सकेका छैनन् ।
हिजो मात्रै नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा ओलीले विपक्षीलाई समेत विश्वासमा लिएर जाने प्रतिवद्धता व्यक्त गरेका थिए । तर उनको यस्तो प्रतिवद्धता मुखले मात्र हो ।
उनी विपक्षी त के आफ्नै दल भित्र मतभेद हुनेलाई समेत निषेध गर्ने राजनीतिमा छन् । त्यसैले ओलीबाट सकारात्मक र रचनात्मक कामको अपेक्षा गर्नु नै मूर्खता हुने छ । ओली राज्यका सबै संयन्त्रमा कब्जा गर्ने दाउमा छन् । कार्यपालिका त आफ्नै हातमा छ नै, व्यवस्थापिका पनि उनले विरोधीलाई दिने पक्षमा छैनन् ।
उनको दाउ व्यवस्थापिका प्रमुख अर्थात सभामुखमा सुभाषचन्द्र नेम्बाङलाई बनाउने छ । यद्यपि केही दिन अघि नेम्बाङले आफू सभामुखमा नबस्ने बताएका थिए । तर ओलीको जोड भने नेम्बाङलाई नै बनाउने रहेको निकट स्रोतले बताएको छ ।
हुन त पूर्वमाओवादी पक्षले चाहिं सो पद फेरि पनि आफ्नो नेतालाई दिनु पर्ने दावी गरेको छ । पूर्वमाओवादी पक्षले प्रमुख सचेतक देव गुरुङ वा नेतृ पम्फा भुषाललाई सो पदमा लैजान चाहेको छ ।
ओलीको राज्य कब्जा गर्ने रणनीति अघि बढ्यो भने पूर्वमाओवादी पक्षले सो पद पाउने अवस्था देखिंदैन । यसका लागि ओली स्वयंले नेम्बाङलाई पद स्वीकार्न अनुरोध गर्ने स्रोत बताउँछ । राज्यको तेस्रो अंगका रुपमा रहेको न्यायपालिकामा यसअघि नै ओलीले कब्जा जमाइसकेका छन् ।
वरिष्ठतम न्यायधीश दीपकराज जोशीलाई राजीनामा गर्न बाध्य पारेर कनिष्ठ चोलेन्द्र शम्शेर राणालाई न्यायपालिका प्रमुख बनाइएको छ । व्यवस्थापिका प्रमुखमा आफ्नो हनुमान ल्याउन सके राज्यका तीन वटै अंगमा पकड कायम हुने उनको मनसुवा देखिन्छ ।
यो अवस्था आयो भने ओलीको सर्वसत्तावाद उत्कर्षमा पुग्ने छ । साथै विगतमा ल्याउन नसकेका गुठी, मिडिया काउन्सिल लगायत विवादित विधेयक सहजै पास गराउने वातावरण बन्ने छ । ओलीको ग्राण्ड डिजाइन अन्तर्गत काम भयो भने सत्ता कब्जा गरी लामो समय चुनावै नगराई हालीमुहाली गर्न पाइने चाहना देखिएको छ ।
तर विश्व परिवेश ओलीले सोचे अनुकुल छैन । राजा ज्ञानेन्द्रले समेत गर्न नसकेको काम ओलीले गर्ने चाहना राख्नु आफैंमा गलत र अपराधी सोच हो । हिजो ज्ञानेन्द्रलाई घुँडा टेकाउने जनताले ओलीलाई चाहिं बक्सिने अवस्था छैन । तैपनि ओलीमा जागेको सर्वसत्तावादी भोक भने उजागर भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार