चिनियाँ सामग्री लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १७:४९:२४
१ कात्तिक, रसुवा । नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशैँ समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ ।
वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको बताइएको छ ।
विसं २०७२ मङ्सिर १५ गतेदेखि पूर्णरूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुने मालवस्तुमा स्याउ, ओखर, स्याउपाती जस्ता फलफूल र अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोशाक, चक्लेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
आयात हुने सामग्री छिटोभन्दा छिटो केरूङबाट नेपाल पठाउन मुसा ट्रान्सपोर्टले सबैभन्दा बढी सामान ट्रकमा लाग्ने गरेको र ढुवानीका लागि सो कम्पनी केरूङका क्षेत्रमा सबैभन्दा ठूलो ढुवानी कम्पनी मानिएको व्यापारीले बताएका छन् ।
केरूङमा सामान लाग्ने काम छिटोछरितो हुने गरेका कारण सामान लिन गएका ट्रक कन्टेनर पनि दैनिकरूपमा ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताए ।
गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेंसी मैलुङ–बेत्रावती खण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार