विप्लवका दाजुसहित पक्राउ पर्ने २१ जना अदालतमा
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १८:८:२
१ कात्तिक काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्यूरो बैठकबाट विप्लवका दाजुसहित पक्राउ परेका २१ जना नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले सरकारी वकिलको कार्यालयमा पठाएकाे छ ।
म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नु पूर्व उनीहरुलाई सरकारी वकिलको कार्यालयमा लगिएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी सुरेशबिक्रम शाहले बताए ।
शाहका अनुसार बिहान ११ बजेबाट पक्राउ गरिएका सबैलाई घोराहीमा रहेको सरकारी वकिलको कार्यालयमा लगिएको हाे । अहिले उनीहरुको सरकारी वकिलको कार्यालयमा पालैपालो बयान लिने काम भैरहेको छ ।
सरकारी वकिलको कार्यालयमा बयानपछि उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थपको मागसहित जिल्ला अदालत पेश गरिने छ । बुधबार मध्यरातमा दाङको राजपुर–४ मुंग्रेठा खोलाबाट प्रहरीले केन्द्रीय सदस्यसहित २१ जनालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार