जनता निदाएका बेला धर्म निरपेक्षता लादियो
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार २१:११:९
१ कार्तिक,स्याङ्जा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिले आयोजना गरेको वालिङ नगर समितिको पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले बनाएको संविधानमा हिन्दु राज्य नेपाली जनता निदाएका बेला हटाइएको आरोप लगाएका छन् ।
एक महिना अगाडी निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सपथसहित पदस्थापनाका लागि आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले नेपाली जनताले हिन्दु राज्यको माग गरिएपनि दलका नेताहरुले रातको समय पारेर जारी भएको संविधानमा हिन्दु राज्य हटाएर घोषणा गरेको आरोप लगाएका हुन् । नेपाली जनताको हित विपरित हटाइएको हिन्दु राज्य कायम गर्न हाम्रो संघर्ष जारी रहने भन्दै उनीहरुले हिन्दु राज्य संविधानमा राख्न आग्रह गरे । हामीले शालिन तवरले हिन्दु राज्य संविधानमा राख्न माग गरेका छौं विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले भने,“शान्त रुपले गरिएको मागलाई सरकार र दलले नसुनेमा कडा संघर्ष गर्न पछि हट्ने छैनौं ।” हिन्दुत्वले चिनिएको नेपाललाई विदेशी धर्म भित्राउने खेल मुलुकमा चल्दै आएको छ, पराजुलीले भने ।
पदाधिकारीलाई पदस्थापना गर्दै पराजुलीले हामी सबैमा एकता नभएसम्म मुलुकमा हिन्दु राज्य घोषणा गर्न कठिनाई हुने बताए । सबैलाई मुलुकको चिनारीको रुपमा रहेको हिन्दु राज्य हटाउन दलका नेतालाई कसले अधिकार दियो भन्दै केन्द्रिय सदस्य पराजुलीले संविधानमा हिन्दु राज्य लेखाउन सबै एक हुनुपर्ने आवश्यकता रहेको बताए । आचरण र व्यवहार पनि हामीले सुधानुपर्छ, पराजुलीले भने,“आफ्नो धर्म संस्कृतिलाई बिर्सदै जाँदा बिदेशीले धर्म भित्राउने मौका पाए ।” यस्ता बिकृतिलाई गाँउ टोलमा आउन नदिन सबै हिन्दुत्वहरुले आ—आफ्नो भुमिका खेल्नु पर्ने उनले बताए ।
विभिन्न बहाना बनाएर विदेशी धर्म गाँउ गाँउमा पुग्न थालेको प्रति ध्यानाकर्षण गर्न जोड दिइएको थियो । नेपाली जनताले नचाहादा नचाहदै आएको धर्म निरपेक्षताले सबै नेपालीको चित्त दुखाएको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताईन् । हिन्दु धर्म हटेको हैन नगर उपप्रमुख तिवारीले भनिन्,“आफ्नो धर्मलाई ओझेलमा पर्न नदिन सबैले भुमिका खेल्न आवश्यक छ ।” हाम्रो सोचलाई बलियो बनाएर अगाडी बढ्न तिवारीको आग्रह थियो । हामीले मान्दै आएको संस्कृतिको जर्गेना र बचाउन विश्व हिन्दु महासंघले महत्वपूर्ण भुमिका खेल्ने विश्वास तिवारीको थियो ।
पदस्थापना कार्यक्रममा वालिङ नगर समितिका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारीले नगर मात्रै नभएर एघारै स्थानीय तहमा विश्व हिन्दु महासंघ गठन गरी संस्कृति र संस्कार बचाउन हामीले भुमिका खेल्ने बताए । ५१ सदस्यीय वालिङ नगर समितिलाई निर्वाचन समितिका संयोजक दीपक लम्सालले पद तथा गोपनियताको सपथ गराउदै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
समितिले ९ सदस्यीय सल्लाहकार समिति समेत मनोनित गरेकोे छ । पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जगदिश गैह्रे र संचाल सचिव पदमप्रसाद पाण्डेले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार