कृषि व्यवसायबाटै लाखौं आम्दानी
नेपालबहस संवाददाता
कात्तिक ३, २०७६ आइतबार २२:९:५०
३ कार्तिक,स्याङजा । ‘जय मौरी’ भनेर चिनिने गल्याङ नगरपालिका ८ करादीबजारका गणेशप्रसाद अधिकारीले दश वर्षअघि कृषि कर्म गर्ने लक्ष्यसहित गोलभेडा र बन्दागोपी लगाए । तत्कालिन समयमा गोलभेडा र बन्दागोपीको उत्पादन राम्रो भयो । तर बेच्ने बेलामा भने उनले सोचेजस्तो मुल्य पाएनन् । बन्दा दुई रुपैयाँ प्रतिकेजी र गोलभेडा १२ रुपैयाँ प्रतिकेजीमा बिक्री गरें ।
त्यसपछि उनी कृषि पेशाबाट केही नहुने निश्कर्षसहित किराना पसल सञ्चालन गर्न थाले । तर मनले किन मान्थ्यो र ! उनले फेरी पनि व्यवसायिक ढंगले कृषि कर्ममा नै बिताउने सोच बनाए । त्यसपछि उनले मौरी पालन व्यवसाय शुरु गरे । यसबाट राम्रो आम्दानी भएपछि उनी हौसिए । सँगसँगै उनले इच्छालक्ष्मी अर्गानिक मोडल फर्म दर्ता गरी मौरीपालन सँगै जोडेर अन्य खेती गर्न थाले । मौरी व्यवसायले राम्रो आम्दानी हुन थाल्यो, अधिकारी भन्छन्,“विभिन्न ठाउँमा देखिएको अनुभवले केही नयाँ गर्ने सोच आयो ।”
उत्पादनले राम्रो र भने जस्तो भएपछि उनले प्रदेश सरकारसँग समन्वय गरेर केही अनुदान लिने सोच बनाए । नगरपालिका अन्तर्गत वडाबाट चाहिने आवश्यक सिफारिस पाएपछि अधिकारी प्रदेशमा पुगे । उनले चाहेजति त भएन तर छ लाख रुपैयाँको मोडेल फार्मका लागि प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिने सम्झौता भयो । सम्झौता भन्दा कम अर्थात १ लाख ९४ हजार रुपैयाँ प्रदेशबाट अनुदान प्राप्त गरे । आफ्नै लगानी र प्रदेश सरकारको अनुदानलाई जोडेर अधिकारीले हाइटेक प्रविधि अन्तर्गत पर्ने टनेल निर्माण गरे । यो उनको पहिलो अनुभव थियो ।
टनेलमा हिमाली जातका काक्रोका बेर्ना लगाए । परिणाम स्वरुप १० मिटर लम्बाई र पाँच मिटर चौडाई मात्रै रहेको टनेलमा फलेको काक्रोबाट यसपटक मात्रै एक सय ५० किलो काक्रो विक्री भइसकेको उनले बताए । काक्रोको झालको प्रत्येक आँख्लोबाट फुल फुल्ने र फल लाग्ने गरेको देखेपछि अधिकारी अहिले दङ्ग छन् । यसै सिजनमा यही टनेलबाट थप तीन सय ५० किलो काक्रो उत्पादन गरी पाँच सय किलो काक्रो बेच्ने उनको लक्ष्य छ । पहिलो भन्दा अहिले बजारको खासै समस्या छैन अभिकारी भन्छन्,“मान्छे किन्न यहीं आउँछन्, प्रतिकिलो ८० रुपैयाँका दरले टनेलबाटै विक्री गरेको छु ।”
विषादीरहित तरकारी उत्पादन गरेका अधिकारीको अर्को गज्जबको पक्ष के भने टनेलभित्रै राखिएको मौरीको घारले काक्रोको फुलमा परागसेचन गर्छन र उत्पादन बढ्छ । अधिकारीले भने काक्रोको मात्रै हो र ? मौरीको पनि बच्चा उत्पादनमा यसले सहयोग पुग्ने रहेछ ।
सबै खर्च कटाएर एक सिजनमा एउटा टनेलबाट एक लाख रुपैयाँ बचत गर्न सकिने उनको भनाई छ । यसरी १० मिटर लम्बाई र पाँच मिटर चौडाईको टनेलबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । प्रदेशबाट युवा उद्यमीको प्रमाणपत्र पाएका अधिकारीले यस बाहेक २४ घार मौरी पालन गरिरहेका छन् । त्यसबाट उत्पादित मह मात्रै होइन, मौरीसहित घार समेत अधिकारीले बिक्री गर्ने गरेका छन् ।
आम्दानी भएको रकम र प्रदेशले दिएको अनुदान रकम र ऋण गरी कृषिमै २० लाख लगानी गरेको अधिकारीले बताए । व्यवसायिक ढंगले एकै प्रकृतिका काम गरेमा सफल हुन सकिने अधिकारीको अनुभव छ । राम्रोसँग काम गरेमा विदेशमा गर्ने परिश्रमले पाउने रकम भन्दा यहीं धेरै कमाउन सकिने अधिकारीले बताए । कृषिमा धैयताको खाँचो रहेछ अधिकारीले भने कृषिले किसानलाई कहिल्यै मार खान दिने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार