जनकपुरमा चल्यो गोली : लेनदेनको विवादले निम्त्यायो हत्या
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बुधबार १९:५१:२१
६ कात्तिक,धनुषा । जनकपुरमा आज बिहान एक व्यापारीले अर्को व्यापारीलाई गोली प्रहार गरी हत्या गरेका छन् । सामान्य लेनदेनको विषयलाई लिएर भएको विवादले उग्ररुप लिदाँ गोली हान्नेसम्मको अपराध घटेको हो । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियाका ३५ वर्षीय पंकज भनिने शङ्कर चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे । साह र चौधरीबीच व्यवसायिक लेनदेनको विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ?’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गर्ने पंकज भनिने शंकर चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।
प्रहरी हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
पंकज भनिने शंकर चौधरी पेट्रोल तथा निर्माण व्यवसायी पनि हुन् । उनले सपहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए ।
जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो । मनोजका आफन्तका अनुसार त्यही रकम असुल्नका लागि ताकेता गर्न उनी पंकजको घर गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार