आजबाट यमपञ्चक सुरु, कार्तिक १३ गते सार्वजनिक बिदा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ८, २०७६ शुक्रबार १४:४४:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/yamapanchak_xZHGLwZcdX.jpg)
८ कार्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारलाई झिलीमिली बत्तिहरुको पर्व पनि भनिन्छ । कोठा, चोटा, घर, चोक सडक सबै सफा र उज्यालो बनाउनु यस पर्वको अर्को विशेषता हो ।
शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कार्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। तिथिको घटबढका कारण यस्तो भएको गौतमले बताए।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए। कार्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। तिहारका प्रत्येक दिनकाे छुट्टाछुट्टै महत्व र विशेषाता रहेकाे छ ।
बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । गाई, गोरु र आत्म (म्ह) पूजा कार्तिक ११ सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ। कार्तिक १२ मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिए । कार्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।
सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कार्तिक १२ मा नै गरिन्छ । १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले १२ मा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ।
तिहारका अवसरमा एक साताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दासमेत मन आनन्दित हुनुका साथै पर्वको रौनकता भरिएको छ ।
१३ गते सार्वजनिक बिदा
सरकारले कार्तिक १३ गते पनि सार्वजनिक बिदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कार्तिक १३ गते बिदा माग गरेका थिए । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोगिनी एकादशी व्रत : पाप नाश भई पुण्य पाइने विश्वास
असार १८, २०८१ मंगलबार
विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार
जन्मदिनको अवसरमा सिन्दुरेघारी चाँदी खोला छेउमा वृक्षारोपण
असार २०, २०८१ बिहिबार
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराेको उच्च जोखिममा
असार २०, २०८१ बिहिबार
विश्वकप विजेता भारतीय टिम फर्कियो स्वदेश, आज मुम्बईमा भिक्ट्री परेड हुने
असार २०, २०८१ बिहिबार
विषालु च्याउ खादाँ मकवानपुरमा एकै घरका सातजना बिरामी
असार २०, २०८१ बिहिबार