गुलाव र वाग्मती स्वीटमा मरेको साङ्लो र झिँगा, नाम चलेका र ठुला मिठाई पसलमा नै अखाद्य खानेकुरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ९, २०७६ शनिबार १४:३०:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/sweet_Xa99TLz7Z7.jpg)
९ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् ।
शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलो र वाग्मती स्वीटबाट १० किलो मिठाई बनाउने पिठोमा मरेको साङ्ला र झिँगा भेटिएपछि करीब १६० मिठाइ नष्ट गरिएको छ ।
अनुगमन टोलीले उक्त मिठाई पसललाई सरसफइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । जनस्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुनसक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दूधजन्य खाद्यवस्तु, सुक्खा प्याकिङ गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ फुड, तरकारी, फलफूल र फूलको बजारमा गुणस्तर तथा मूल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए।
नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादनस्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चयस्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोगस्थललगायतका ठाउँ वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यावसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनजस्ता व्यापारिक क्रियाकलाप हेरिन्छ ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले अनुगमनका क्रममा कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजार बढीमा रु तीन लाख जरिवाना गराउने सक्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
विश्वकप विजेता भारतीय टिम फर्कियो स्वदेश, आज मुम्बईमा भिक्ट्री परेड हुने
असार २०, २०८१ बिहिबार
विषालु च्याउ खादाँ मकवानपुरमा एकै घरका सातजना बिरामी
असार २०, २०८१ बिहिबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार
फौजी कीराले मकैबाली नष्ट
असार २०, २०८१ बिहिबार