कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू, तनाव जारी, प्रहरीकाे गोलीले मारिए भारतीय नागरिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार २३:४:१९
१४ कात्तिक,कृष्णनगर । लक्ष्मीको मूर्ति बिर्सजन गर्ने बाटोको बिषयलाई लिएर भएको विवादमा कपिलवस्तुको कृष्णनगरमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । नेपालभारत सीमाको भन्सार नाकामा सामान्य चियापसल संचालन गरि बस्ने २० बर्षिय सुरजकुमार पाण्डेयको प्रहरीको गोली लागेर आज घटनास्थलमै मृत्यु भएको हो ।
बिहान ११ बजेदेखि लागेको कर्फ्यूका बेला पौने १२ बजे गोलघर नजिकै पाण्डेयलाई प्रहरीले हानेको गोली आखाँमै लागेको थियो । कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।
तिहारको लक्ष्मीपुजाका दिन गरिएको लक्ष्मी मूर्तिलाई हिन्दु संस्कार अनुसार हरेक बर्ष धुमधामका साथ बिर्सजन गर्न लाने गरिन्छ र हरेक बर्ष यहाँ यही बिषयको विवादले उग्ररुप लिने गरेको छ । मुस्लिम बाहुल्य क्षेत्र रहेको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदाय बीच बेलाबेला झडप हुने गरेको छ । आजकल स्थानीयहरु यसलाई राजनीतिक नेताहरुको दाउपेचका रुपमा व्याख्या गर्न थालेका छन् ।
हिजो बुधबार पनि हिन्दु समुदायले लक्ष्मीको मूर्ति मुस्लिम बाहुल्य झण्डेनगरको बाटो भएर बिर्सजनका लागि लादै थिए तर केही मुस्लिम सम्दायका व्यक्तिहरुले सो बाटो भएर हिड्न नै नपाइने भन्दै जबरजस्त विवाद निकालेपछि तनाव बढेको थियो । हिजो साँझ नै बिर्सजन गर्नुपर्ने लक्ष्मीको मूर्ति बिर्सजन विवादले उग्ररुप लिएपछि हिजै साँझ ११ बजे रोकिएको छ ।
सामाजिक सद्भाव फैलाउने र सांस्कृतिक एकता कायम गर्न भन्दै कतिपय मुस्लिम नेताहरुले तिहारमा भाईटिका समेत लगाएको समाचार सार्वजनिक भईरहदाँ कृष्णनगरमा भने सामाजिक सद्भाव नै बिथोल्ने गरि सार्वजनिक बाटो मै रोक लगाउन खोजिएको हो ।
स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कृष्णनगरमा अहिले अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ । प्रहरीका अनुसार, झडप नियन्त्रणमा लिन प्रहरीले ५ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ८ जना स्थानीय घाइते भएका छन् ।
त्यो क्षेत्रमा अहिले सुरक्षाव्यवस्थामा कडाई पारिएको छ । प्रहरीले सर्वपक्षीय छलफल र सहमति गरेर मूर्ति बिसर्जनको कार्य अघि बढाउने तयारी गरिरहेको जनाएको छ । यद्दपि तनाव जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार