मुल्य घटेपछि दैनिक १० हजार बोराभन्दा बढी गैँडाछाप सिमेन्ट बिक्री
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २१:२९:१८
१७ कार्तिक, काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको गैंडाछाप सिमेन्टको मुल्य घटेपछि माग बढेको छ । उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको कारण मागमा बृद्धि भएको छ । सो उद्योग देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको छ ।
देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु २५ का दरले घटाइएको उद्योग प्रशासनले बताएको छ ।
यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८०३ रहँदै आएकामा तीन दिनअघि गैँडाछाप सिमेन्टको मूल्य रु २५ घटाएर प्रतिबोरा रु ७७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ ।
दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हज्जार बोरा बिक्री हुन थालेको समेत उद्योगका निमिक्त महाप्रबन्धक साहले बताए । उनले भने, “गैँडाछाप सिमेन्ट जापानी प्रविधिबाट उत्पादन हुने एशियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट हो, यो सिमेन्टसँग प्रतिस्पर्धा गर्ने अन्य उत्पादित सिमेन्ट नै अहिलेसम्म उत्पादन भएको छैन तर पनि अन्य उत्पादित सिमेन्टहरुको मूल्यमा हेरफेर हुँदा गैँडाछाप सिमेन्टको पनि मूल्य निर्धारण गरिने र मिलाउनुपर्ने हुनाले अहिले बजार मूल्य घटाइएको हो ।”
अढाई वर्षअघि सम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग विद्युत्भार कटौती हटेर सुधार आएपछि दुई वर्षदेखि नाफामा जान थालेको छ । अहिले उद्योगमा झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट ‘स्टक’ रहेको छ भने एक लाख ३० हजार बोरा सिमेन्ट उत्पादनका लागि क्लिङ्कर ‘डिपोजिट’ रहेको छ ।
यस्तै उद्योगले पूर्ण क्षमतामा दैनिक १६ हजारदेखि १८ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार