दुई सहकारी संस्थाको एकीकृत कारोबार सुरु
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २१:४०:२
१७ कार्तिक, पोखरा । पोखराका दुई सहकारी संस्था एकीकरण भएका छन् । पोखरा महानगरपालिका–२५, हेम्जास्थित गौरीशङ्कर बचत तथा ऋण सहकारी संस्था र पोखरा–१४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्थाले आज यहाँ आयोजित कार्यक्रममा एकापसमा गाभिएको घोषणा गरेका हुन् ।
सरकारले बैङ्कलाई जस्तै सहकारीलाई पनि एकीकरणमा जान प्रोत्साहन गरेकाले दुवै संस्था एकीकरण भएर संयुक्त कारोवार शुरु गरिएको गौरीशङ्करका अध्यक्ष केशवशरण पौडेलले बताए । सरकारी नीति अनुसरण गरेर नै दुई सहकारीलाई एकीकरण गरिएको उनको भनाइ थियो ।
चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले एकीकरणले पूँजी वृद्धि हुने र दुवै सहकारीका सदस्यलाई फाइदा पुग्ने जानकारी दिए । प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
कास्की बचत सङ्घका लेखा संयोजक रुद्रनाथ पौडेलले एकीकरणबाट संस्था बलियो भएको धारणा व्यक्त गरे । एकीकरणपछि संस्थाको अध्यक्षमा केशवशरण पौडेललाई चयन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार