सुकुटे बस दुर्घटनामा मृत्यु हुने १५ पुग्यो, बसमा सवार सबै घाइते
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २२:२७:४०
१७ कार्तिक, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । बसमा ४० जना यात्रु भएको भनिएता पनि यात्रु संख्या बढी रहेको खुलेकाे छ । ४८ जना यात्रु घाइले भएकाे प्रहरीले जनाएकाे छ । यात्रामा सवार प्रायः सबै घाइते भएका छन् ।
दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको वा २ ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको थियो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।
दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको थियो । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले पनि उद्धार जारी रहेको जानकारी दिए ।
घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए ।
बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खसेकाे थियाे । मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । तत्काल दुर्घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा खोजी कार्य गरिरहेको छ ।
सप्तरीमा एक वृद्धाकाे मृत्यु
त्यस्तै सप्तरी, बोदेबर्साईन नगरपालिका–२ जोगियास्थित सडकमा स. ४ प ८५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीय छुतहर मियाँको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ मल्हनिया बस्ने ३२ वर्षीय हरि साहको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
बाख्रा चोरेको आरोपमा कुटपिट गर्दा एकजनाको मृत्यु
कात्तिक २६, २०८१ सोमबार
बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार