कास्की–२ मा नेकपाबाट भट्टराई, दाङबाट ओली र भक्तपुरबाट ढकाल उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ सोमबार १:३२:२१
१७ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो । भट्टराई स्व. मन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन् ।
बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।
धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। बाँकी रहेका गाउँपालिका र वडा तहका उम्मेद्वारको टुंगो पार्टीको प्रदेश कमिटीले लगाउने श्रेष्ठले जानकारी दिए।
सरकारले प्रदेश प्रमुख हटाएकोबारे राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भनेः– यो सरकारको क्षेत्राधिकारको कुरा हो। संविधानको व्यवस्थाअनुसार सरकारले हटाएको हो। नयाँ पनि छिट्टै नियुक्त गर्नेछ । नेकपाको सचिवालय बैठक सकिएसँगै प्रधानमन्त्री निवासमा अहिले मन्त्रिपरिषद्को बैठक बस्दैछ।
कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो कार्यालयको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्दै मतदाता नामावली, निर्वाचन सामाग्री, मतपत्रको डिजाइन, मतदाता शिक्षा, विभिन्न समिति गठन, आचारसंहिता निर्देशिकालगायत सम्पूर्ण निर्वाचनका कार्य अगाडि बढिरहेको बताए ।
निर्वाचन सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण हुने भएकाले सोहीअनुसारको सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो । विशेष गरी आचारसंहितालाई बढी कडाइका साथ पालना गराउन मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता जिल्ला समिति गठन गरिएको बताउँदै उनले यही कात्तिक २० गते पत्रकार सम्मेलन गरी निर्वाचनका गतिविधिबारे जानकारी दिइने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले निर्वाचनमा हुन सक्ने सुरक्षा खतरालाई कडाइका साथ निगरानी गरेर भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा चुनाव सम्पन्न गर्न सुरक्षा योजना बनाएर लागु गरिने बताए ।
गण्डकी प्रदेश आन्तरिक मामिला सचिव किरणराज शर्माले जिल्ला एकीकृत सुरक्षा योजनासहित विधिवत् र सूत्रबद्ध पद्धतिमार्फत निर्वाचन सम्पन्न गरिने बताए ।
कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता तथा ३२ स्थल र ८२ केन्द्र रहेको कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।
राप्रपाबाट भण्डारी उम्मेदवार हुने
कास्की –२ को उपनिर्वाचनमा राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।
रिक्त स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवर छनोट गर्न सम्बन्धित प्रदेश कार्यसमिति र नगरपालिकाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाइसकेको छ । नेपाली कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार तोकिसकेको छैन । नेकपा गण्डकी प्रदेशले क्षेत्र नं २ बाट भट्टराई, सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम सिफारिश गरेको थियो भने कांग्रेसले १६ जनाको नाम केन्द्रमा पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परेकोको उद्दारका लागि सशस्त्रबाट १६ सय ३० जना प्रहरी परिचालित
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार