भन्सार छली गर्नेविरुद्ध ५६ लाख बिगो असुलउपर, कैदकाे माग गर्दै मुद्दा
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार १६:६:५१
१८ कार्तिक, काठमाडौं । भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध रु ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल तिरेको प्रमाणसमेत नभएको अवस्थाका २४ पोका कपडा फेला परेको थियो । उक्त घटनामा भारतको मोतिहारीका सञ्जयकुमार सिंह र विहारका राजेशकुमार श्रीवास्तव, वीरगञ्ज महानगरपालिका–२ का आलोक जैसवाल तथा वडा नं ११ श्रीपुर बस्ने भन्सार एजेन्ट नन्दकिशोर मल्लको समेत मिलेमतो रहेको पाइएको विभागले जनाएको छ ।
उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिक हदैसम्मको जरिवाना तथा कैद सजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।
यसैबीच भारतका रितेशकुमार मधेसियासमेतलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा रु ३३ करोड ३२ लाख विगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा चलाइएको समेत विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार