अधिनायकवादी ओलीका अगाडि निरिह माधव
नेपालबहस संवाददाता
कात्तिक १९, २०७६ मंगलबार १८:४२:१५
१९ कार्तिक, काठमाडौं । संविधानसभाको पहिलो कार्यकाल माधवकुमार नेपालका लागि स्वर्ण काल रह्यो । संविधानसभा निर्वाचनमा हारेपनि उनी सरकारद्वारा मनोनित सभासदका हैसियतमा प्रधानमन्त्री नै बने ।
माधव नेपाललाई संविधानसभामा ल्याउन निर्णायक भूमिका निर्वाह गर्ने पुष्पकमल दाहालले नै पछि उनलाई बिष वृक्षको संज्ञा दिनु पर्यो । यस अवधिमा माधवले जे छोयो त्यही सुनमा परिणत हुने अवस्था थियो । पार्टी भित्रको आन्तरिक किचलो बढ्दै गएपछि उनले राजीनामा त दिए, तर संवैधानिक जटिलताले उनको कार्यकाल लम्बिन पुग्यो । यसरी हेर्दा यति बेला उनी भाग्यमानी काम्रेड कहलिए ।
समयले कोल्टे फेर्दाे रहेछ, अहिले उनै माधव पित्तल जत्तिको हैसियतमा पनि रहेनन् । पार्टी भित्र हरुवा जुवाडेको भूमिमा पुगेका छन् माधव काम्रेड । ०७४ को आमनिर्वाचनमा उनै माधव नेपाल काठमाडौंबाट चुनाव जिते । राजधानीवासीले उनलाई र उनको पार्टीलाई प्रचण्ड मत दियो । तर यो जितको कार्यकाल भने माधवका लागि कालो युग बन्न पुग्यो ।
निर्णयार्थ नाम प्रस्तुत गर्ने क्रममा उनले कोटको खल्तीबाट काजगको टुक्रा निकाले र सात जनाको नाम सुनाए । जसका चार जना ओलीले आफ्ना हनुमानको नाम राखेका थिए भने तीन जना चाहिं अर्का अध्यक्ष प्रचण्डका लडाकू थिए । सचिवालय सदस्य कसैले पनि आपत्ति जनाएनन् । माधव भने बेचैन भए । तत्काल उनले आफ्ना हनुमानको नाम नपरेकाले निर्णय प्रकृयामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखे ।
सरकारमा मात्र हैन पार्टीमा समेत उनको हैसियत खुम्चियो । माओवादीसँगको एकतापछि उनी पार्टीमा चौथो वरियतामा लघारिएका छन् । आफ्ना असहमति लिखित रुपमै पार्टी बैठकमा दर्ज त गराउँछन्, तर रुञ्चे हैसियतमा । पार्टीका हरेक वैठक उनका लागि श्राप बन्न पुगेका छन् । यसैको पछिल्लो श्रृँखला प्रदेश प्रमुख नियुक्तिको तहमा छताछुल्ल भएको छ ।
पार्टी अध्यक्ष खड्गप्रसाद ओली शारिरीक रुपमा दुर्बल हुँदै गर्दा राजनीतिक रुपमा भने अधिनायकवादी बन्दै छन् । माओवादी पार्टीसँगको एकता प्रकृया सुरु भएयता माधवको स्टारडम भत्कन थालेको छ । जति पटक बैठक बस्छन् माधवको हुर्मत लिने काम मात्रै भइरहेको छ ।
ओलीले हठात् रुपमा बर्खास्त गरेका सातै प्रदेश प्रमुखको रिक्त स्थान पूर्ति गर्न हिजो सचिवालय बैठक बस्यो । अस्ती नै पदपूर्ति गर्ने तयारी रहेपनि एकदिन पछि सारिएको थियो । बैठकमा स्वभाविक रुपमा माधवले आफ्नो तर्फबाट केही काम्रेडको नाम प्रदेश प्रमुखका रुपमा प्रस्तुत गरे । उनले प्रस्तुत गरेका सबै नाम आफू निकटस्थ हनुमान मात्रै थिए, न की कुनै पेशागत हैसियत भएका ।
पछिल्लो श्रृङ्खलाका रुपमा प्रदेश प्रमुख चयनको विवादलाई लिन सकिन्छ । माधव असहमति जनाइ रहने, ओली निर्णय गराइरहने क्रम जारी रहेको छ । नेपालीमा एउटा उखान नै छ नि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ । यही नियतिमा पुगेका माधवको राजनीतिक यात्रा अब कुन दिशातिर अग्रसर हुने हो
ओलीले माधवको लिष्ट सुने तर बोलेनन् । निर्णयार्थ नाम प्रस्तुत गर्ने क्रममा उनले कोटको खल्तीबाट काजगको टुक्रा निकाले र सात जनाको नाम सुनाए । जसका चार जना ओलीले आफ्ना हनुमानको नाम राखेका थिए भने तीन जना चाहिं अर्का अध्यक्ष प्रचण्डका लडाकू थिए । सचिवालय सदस्य कसैले पनि आपत्ति जनाएनन् । माधव भने बेचैन भए । तत्काल उनले आफ्ना हनुमानको नाम नपरेकाले निर्णय प्रकृयामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखे ।
यो त पछिल्लो श्रृङ्खला मात्र हो । यस्ता अनगिन्ति अपमान र पीडा भोगेका छन् माधवले । जसमा ०७५ असोज ५ मा प्रदेश इन्चार्ज सिफारिश प्रकृया पनि रहेको छ । यस्तै जनबर्गीय संगठन र विभागको नेतृत्व चयन गर्दा पनि माधवलाई बाइपास गरेर ओलीले एकलौटी गरे । त्यहाँ पनि उनको असहमति दर्ज भयो ।
गत भदौ ३ मा त उनको बरियता नै घटाउने प्रस्ताव ओलीले पारित गराए । त्यसमा पनि माधवले लिखत रुपमै असहमति राखे । तर त्यसको कुनै अर्थ रहेन । यो क्रम जारी रह्यो । भदौ ५ मा बसेको सचिवालय बैठकमा उनले ओलीलाई दिएको स्वास्थ लाभको कामना नै विवादमा पर्यो । ओलीले माधवको शुभकामना नै अस्वीकार गरिदिए ।
यसैको पछिल्लो श्रृङ्खलाका रुपमा प्रदेश प्रमुख चयनको विवादलाई लिन सकिन्छ । माधव असहमति जनाइ रहने, ओली निर्णय गराइरहने क्रम जारी रहेको छ । नेपालीमा एउटा उखान नै छ नि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ । यही नियतिमा पुगेका माधवको राजनीतिक यात्रा अब कुन दिशातिर अग्रसर हुने हो त्यो भने आगामी दिनले नै तय गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान
मंसिर २९, २०८१ शनिबार
सँगिनी र बालन नाच संरक्षणमा महिला समूह
मंसिर २९, २०८१ शनिबार
दोस्रो ‘इलाम गोल्डकप’को उपाधि पनि एनआरटीकै पोल्टामा
मंसिर २९, २०८१ शनिबार
पछिल्लो समय पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छः अध्यक्ष प्रचण्ड
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार