चिनियाँ कविको ‘‘मदर्स ह्याण्ड’ कविता नेपालीमा अनुवाद
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १६:२:५६
२० कार्तिक, काठमाडौं । चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ ।
निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गरेका हुन् । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका महानायकहरुको स्तुतिगान गरिएको छ ।
हिमाली कविहरुले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरु जस्ता विषयवस्तु तिनमा पाइन्छ । माजियाका कवितामा नेपालसँग मिल्दोजुल्दो विषय भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा कविता अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताए । “ यस सङ्ग्रहका माध्यमबाट अनुवादका लागि उपयुक्त कार्यशाला पनि चलाउन सकिन्छ”, शर्माले भने ।
सङ्ग्रहमा प्राकृतिक सौन्दर्यको अनौठो चित्रणका साथै चीनको प्रतिविम्ब भेट्न सकिने उनको भनाइ छ । चीनले माजियाको काव्य ऊर्जाबाट आफूलाई प्रस्तुत गरेको विचार पनि शर्माले व्यक्त गरे। अमेरिकी कवि ज्याक हिर्शम्यानले माजियालाई कविता कलाको सम्प्रेषणमार्फत विश्व रुपान्तरण सक्ने अद्भुत सांस्कृतिक शक्ति भएको तथा नोबेल पुरस्कारका उपयुक्त पात्र भएको टिप्पणी गरेका छन् । आगामी दिनमा फ्रान्सेली, जर्मनेली, स्पेनी, पोर्तगाली, अमेरिकी, ल्याटिन अमेरिकी कविताहरुको पनि अनुवाद गरिने जानकारी शर्माले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार