सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार २२:२४:२५
२० कार्तिक, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे ।
मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक-एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिण्डरबाहेकका सुविधा नभएको अवस्थामा नयाँ खरीद गरिएका एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरणलगायतको सुविधा रहेको बताइएको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले भन्सार छुटसहित कुल रु छ करोड २५ लाख १२ हजारमा ती एम्बुलेन्स खरीद गरिएको जानकारी दिए । उनले स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका आधुनिक एम्बुलेन्सले अकालमै मृत्युवरणमा पुग्ने अवस्थामा रहेका मानिसलाई केही हदसम्म न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा मन्त्री सुवेदीले हस्तान्तरण गरिएका एम्बुलेन्सको सञ्चालनका लागि चाहिने खर्च तथा मर्मतसम्भारका लागि सम्बन्धित स्थानीय तहले नै व्यहोर्ने गरी एम्बुलेन्स सुम्पिएको बताए । उनले आफ्नो सम्पत्तिजस्तै गरेर एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीय तहहरुलाई आग्रह गरे ।
मन्त्री सुवेदीले आगामी दुई महिनाभित्र ८८ वटै स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालमा भिडियो एक्सरे गर्ने मेशिन उपलब्ध गराउने गृहकार्यमा सरकार लागिरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार