जनमोर्चाका उम्मेद्वारलाई सत्तारुढ दलको समर्थन
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार २१:३२:४४
२१ कार्तिक, बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही आफ्नो मनोनयन दर्ता गराएका छन् । त्यस क्षेत्रमा सत्तारुढ दलले आफुलाई कमजोर भएको महशुस गर्दै राजमोका उम्मेद्वारलाई सघाउन आफ्ना नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ ।
नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।
दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
पहिलो मनोनयन दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो ।
शर्माका अनुसार उम्मेदवार नामावलीको सूची पनि प्रकाशन भइसकेको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी, २३ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २४ गते उम्मेदवारको नामावली फिर्ता र अन्तिम नामावली प्रकाशन, २५ गते निर्वाचन चिन्ह प्रदान र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ ।
बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । वडाध्यक्षको उपचुनावको लागि यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । गाउँपालिकाको केन्द्रमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि उक्त वडामा उपचुनाव हुने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
संविधान संशोधन : सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार