आतंकवादबारे अमेरिकाको खतरा सूचीमा नेपाल
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शनिबार २:१३:११
२२ कार्तिक,काठमाडौं । नेपाललाई अमेरिकाले आतंकवादी खतरामुक्त क्षेत्रको रुपमा होइन, कुनैपनि बेला आतंकवादी गतिविधि हुनसक्ने सम्भावित खतराको तहमा राखेको कुरा कार्तिक १५ गते (नोभेम्बर १ मा) प्रकाशित उसको पछिल्लो आतंकवाद प्रतिवेदनमा उल्लेख छ ।
विश्वभरिका ६७ आतंकवादी संगठनलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन भनी रिपोर्टले उल्लेख गर्दै घोषणा गरेको छ । माओवादीको ‘विप्लव समुह’ (नेकपा) आन्तरिक सुरक्षालाई कडा चुनौती हुने आतंककारी जत्थाको रुपमा पनि उल्लेखित छ ।
खतरनाक एयरपोर्ट
त्रिभुवन विमानस्थललाई आतंककारीले सजिलै दुरुपयोग गर्ने खालको कमजोर, अपर्याप्त र कामचलाउ साधनद्वारा चलेको र प्रिस्क्रिन पेसेन्जर तथा विमान अवतरण विवरण तथ्याङ वा रेकर्डको रुपमा राख्ने नगरिएको, साथै अन्य अत्याधुनिक प्रविधिको पनि कमी रहेको औँल्याईएको छ । आतंकवादसँग सम्बन्धित सुरक्षा अवस्थाबारे अमेरिकाले मागेको विवरणमध्ये अतिअल्प जानकारीमात्र उपलब्ध गराईएको रिपोर्ट औँल्याउँछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा हेल्चेक्राईलाई पुष्टि गर्न सो रिपोर्टमा २०५६ पुस ९ गते (डिसेम्बर २४, १९९९) मा इन्डियन एयरलाईन्सको दिल्लीका लागि काठमाडौँबाट उडेको यात्रुवाहक जेट बिमान पाकिस्तानस्थित आतंककारी संगठन ‘हर्कत ऊल मुजाहिद्दीन’ ले अपहरण गरेर अफगानिस्तानको कन्दाहार पु¥याएको उदाहरणका रुपमा उल्लेख गरिएको छ ।
(Airport security controls in Nepal are weak and inadequate. Kathmandu’s Tribhuvan International Airport, Nepal’s only international airport, does not pre-screen passengers, and landing data are not entered into any database. Physical security checks of passengers are rudimentary. There is no travel document security and the airport lacks ultraviolet lights to examine documents. The Special Bureau of the Nepal Police assigns approximately 10 personnel to the airport and approximately 15 officers to its INTERPOL national central bureau, which is located at Nepal Police headquarters. INTERPOL notices are maintained in a database, but passengers are not routinely screened through this database. Security and immigration officials are generally responsive to U.S. requests for information, but often have little information to provide.) आतंकवादलाई लगानी :-
रिपोर्टमा औँल्याइएको अर्को गम्भीर तथ्य आतंकवादलाई वित्तीय सहयोगका गतिविधिउपर नेपालको कारवाहीमा विद्यमान फितलो अवस्था हो । नेपाल एशिया-प्रशान्त समुहको मुद्रा निर्मलीकरण अर्थात मनी लौन्डरिङ् (एपीजी) र फाइनेन्सियल एक्सन टास्क फोर्स (वित्तीय कारवाही कार्यदल, एफएटीएफ) क्षेत्रीय संगठनको सदस्य मुलुक भएको उल्लेख गर्दै मुद्रा निर्मलीकरण तथा आतंकवादलाई वित्तीय सहयोगका हर्कतलाई रोक्ने कदम (Antimoney laundering / Combating Financing Terrorism, AML/CFT) दिशामा नेपाल सरकारले सांकेतिक प्रगतिमात्र हासिल गरेको, जसबाट सो उद्देश्य पूर्तिको लागि ठोस काम गर्न नसकेको पनि रिपोर्टले औँल्याएको छ ।
आतंकवादलाई वित्तीय सहयोग गर्ने स्रोतउपर कडाईका साथ नियन्त्रण गरी आतंककारीलाई निष्तेज पार्नु अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्झौतारहित कठोर कदम हो । यो कदमलाई कोष (आईएमएफ) का सबै सदस्य मुलुकले अनिवार्य रुपमा पालन गरेकै हुनुपर्छ । तर रिपोर्टले नेपाललाई यस कार्यमा कमजोर रहेको चित्रण गरेर सचेत समुदायलाई चिन्तित तुल्याएको छ ।
नेपाल :- आतंककारी इन्डियन मुजाहिद्दीनको क्रिडास्थल
उक्त अमेरिकी रिपोर्टमा सन् २००५ देखि नै भारतको राजधानीसहित विभिन्न शहरमा अनेकौँ बम विष्फोटन तथा सयौं मानिसको ज्यान लिएका घटनामा संलग्न तथा सेप्टेम्बर १९, २०११ मा विधिवत ढाँचा दिईएको ‘इस्लामिक सेक्युरिटी फोर्स– इन्डियन मुजाहिद्दीन’ (ISF-IM) लाई विदेशी आतंकवादी संगठनका रुपमा चिनाइएको छ । यसको सम्बन्ध पाकिस्तानको आतंककारी संगठन लश्कर–ए–तयिबा, जैश–ए–मोहम्मद र हर्कत उल–जिहाद इस्लामीसँग भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टले औँल्याएको सबभन्दा खतरनाक पक्ष इन्डियन मुजाहिद्दीनले नेपालमा आफ्ना गतिविधिको क्षेत्रका रुपमा विस्तार गरेको छ, जो अहिले उसको सबभन्दा ठूलो अखडा हुँदैछ । नेपाल, भारत र पाकिस्तानमा यो आतंककारी संगठनले जुनसुकै बेला जत्रोसुकै अपराध र आतंक मच्चाउन सक्ने सम्भावनालाई अमेरिकी रिपोर्टले ईंगित गरेको छ ।
भारतीय माओवादी :- विश्वकै छैठौं खतरनाक आतंकवादी
रिपोर्टमा भारतीय माओवादीलाई विश्वकै छैटौं सबैभन्दा खतरनाक आतंकवादी संगठनका रूपमा सूचीकृत गरिएको छ । भारत आतंकवादी समूहबाट सबैभन्दा प्रभावित मुलुकमध्ये चौथो स्थानमा रहेको पनि उल्लेख छ । विश्वव्यापी रूपमा सबैभन्दा बढी आतंकवादी आक्रमणबाट प्रभावित मुलुकहरूमा अफगानिस्तान, सिरिया र इराकपछि भारतलाई सूचीकृत गरेको छ ।
भारतले आतंकवादलाई प्रतिकार गर्न नसक्नुको प्रमुख कारणहरूमा ‘गुप्तचर संस्थाको कमजोरी र राज्य तथा केन्द्रीय कानुन कार्यान्वयनमा ल्याउने निकायहरूबाट सूचनाहरूको गलत सम्प्रेषण’ रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार