अब दाँत दुखेर उपचार गर्न भारत जानु पर्दैन !
नेपालबहस संवाददाता
कात्तिक २५, २०७६ सोमबार १४:५७:३८
२५ कार्तिक कैलाली । के तपाई दाँत दुखेर हैरान हुनुहुन्छ ? त्यसो भए अब चिन्ता लिनु पर्दैन धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर आइतबारदेखि सञ्चालनमा आएको छ ।
डेन्टल फेसियल सेन्टर सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्नका लागि काठमाडौं अथवा भारत जानुपर्ने बाध्यता घट्दै जाने भएको छ ।
धनगढीमै कार्यरत पाँच जना डाक्टरको टिमले रु छ लाखको लगानीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो । धनगढीसहित सुदूरपश्चिम प्रदेशभरी डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्ने सेन्टर नभएका बेला नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको सञ्चालकमध्येका एक डाक्टर दीपक ठकुराठीले जानकारी दिए ।
उनले भने, “अब सेन्टरको स्थापनाले बाहिर जानुपर्ने समस्या हट्दै जानेछ । चटकपुरस्थित सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले उक्त सेन्टरको उद्घाटन गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार