बजेटको अभावमा दृश्यावलोकन केन्द्रको निर्माण कार्य अलपत्र
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बुधबार १८:४३:२०
२७ कार्तिक, जाजरकोट । एक शहर एक पहिचानको योजनाअनुसार जाजरकोटको भेरी नगरपालिकाको वडा नं ६ को मालिकामा निर्माण हुने भनिएको दृश्यावलोकनका ‘भ्यूटावर’ लागि बजेटको अभावमा निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
जिल्लाको ऐतिहासिक तथा धार्मिक धरोहरकारुपमा स्थापित भेरी नगरपालिकाको मालिकामा बन्ने भनिएको ‘भ्यूटावर’ डिपिआरको जिम्मा लिएको डिलाइड कन्सल्ट बबरमहल काठमाडौंले समयमा काम पूरा नगर्दा टावरको रकम फिर्ता भएको थियो ।
छ महीनाभित्र डिपिआरको प्रतिवेदन दिने सम्झौता गरेर दुई वर्ष पुग्नै लाग्दा प्रतिवेदन दिएपछि टावरको लागि आएको बजेट रु ६५ लाख फिर्ता भएको हो । टावर पाँच तलाको निर्माण गर्ने डिपिआर प्रतिवेदनमा उल्लेख छ ।
शहरी विकास कार्यालयले डिपिआरको जिम्मा डिलाइड कन्सल्ट बबरमहल काठमाडौँलाई दिएको थियो । उक्त डिलाइड कन्सल्टले तोकिएको समयमा काम पूरा नगर्दा ‘भ्यूटावर’को लागि आएको बजेट फिर्ता भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। समुद्री सहतबाट दुई हजार ४०० मिटर उचाइमा रहेको बडीमालिकामा तीन वटा मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ ।
अहिले शहरी विकास कार्यालयमा दृश्यावलोकन केन्द्र निर्माणका लागि रु सात लाखभन्दा बढी बजेट नभएको बताएको छ । बजेट नहुँदा विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भए पनि काम शुरु गर्न नसकेको नगरप्रमुख घर्तीले बताए । सङ्घीय सरकार र प्रदेश सरकारले दृश्यावलोकन केन्द्र निर्माणका लागि बजेट व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने अवस्था नरहेको उनको भनाइ छ ।
कालिका, मालिका र मनकामना मन्दिर यही ठाउँमा निर्माण गर्ने नगरप्रमुख घर्तीले बताए । त्यस्तै त्यहाँ जानका लागि सडक, बास बस्नका लागि भवन र पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्लाका सबै ठाउँमा सहजै पहुँच राख्न सकिने यस ठाउँबाट कर्णाली प्रदेशका अधिकांश ठाउँसमेत अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सजहरुपमा जान र आउनका लागि सदरमुकाम खलङ्गा, बागखोर हुँदै मालिकासम्म सडक निर्माण गरिने योजना रहेको छ ।
बाइसे, चौबिसे राज्य भएको समयमा समेत विशेष महत्व राखेको बडामालिकामा राज्यले लगानी गरी समयमै निर्माण गर्नसके पर्यटन विकासका लागि ठूलो योगदान पुग्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। यो टावर निर्माणसँगै भेरी करिडोरसँग जोड्ने योजना रहेको छ ।
जिल्लाका सबै ठाउँमा रहेका टेलिफोनका टावरमात्र नभएर डोल्पा, रुकुम र सल्यानलाई समेत पुग्ने गरी यही ठाउँमा टेलिफोनको मुख्य टावर रहेको छ ।
चारैतिर रमणीय रहेको यस ठाउँबाट जिल्लाका विभिन्न ठाउँ देखिनुका साथै सल्यानको कुमाख, डोल्पा र रुकुम पश्चिमको सिस्ने हिमालसमेत अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार