ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शनिबार १:४९:५
![](https://nepalbahas.prixacdn.net/media/albums/surya-thapa_31Jc4clv41.jpg)
२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेकपाका केन्द्रीय सदस्य सूर्य थापालाई आफ्नो प्रेस सल्लाहकार बनाउने भएका छन् । साथै केही निकट व्यक्तिलाई समेत उनले सल्लाकार टिममा सहभागी गराउने भएका छन् । यस्तै जनसम्पर्क सल्लाहकारमा झापा कै नेता दीपक कार्कीलाई ल्याउने तयारी गरेका छन् ।
थापा र कार्कीलाई आफ्नो सल्लाहकार टिममा भित्र्याउन उनले आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले केही सल्लाहकार र सहयोगीलाई भने आजैदेखि विदाबारी गरेका छन् । उनको सहयोगी टिममा रही यसअघि काम गर्ने प्रेस सल्लाहकार डा. कुन्दन अर्याललगायत ६ जनाको राजीनामा स्वीकृत भएको छ ।
ओलीले हटाएका अन्य सहयोगीहरुमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल, विकास विज्ञ घनश्याम भट्टराई र कम्युटर अपरेटर उदय पोखरेल रहेका छन् । हाल पार्टीको प्रेस विभाग उपप्रमुख रहेका थापा ओलीका विश्वास पात्र मध्येका हुन् । कुन्दन अर्याल जागिरे प्रवृत्तिका भएकाले उनीबाट ओलीले चाहे अनुसारको सहयोग नपाएकाले थापालाई उक्त स्थानमा ल्याएको बताइन्छ ।
थापा यसअघि पनि झलनाथ खनाल प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकारको भूमिकामा थिए । यस्तै नयाँ सञ्चार विज्ञका रुपमा ल्याउन लागिएका कार्की झापा केन्द्रित राजनीति गर्ने व्यक्ति हुन् । उनी पनि ओलीका अति विश्वास पात्रमा पर्छन् ।
अन्ततः प्रधानमन्त्री ओलीले बाहिर हल्ला चलेजस्तै केही सल्लाहकारलाई मात्र हटाएका छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईलाई भने निरन्तरता दिन लागिएको स्रोतले नेपालबहस डटकमलाई बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार