मृगौलाको पुन प्रत्यारोपण गर्ने ओलीको निर्णय, सचिवालय बैठक बस्दै
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार २१:५७:०
१ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी ओली आगामी केही दिनभित्रै उपचारका लागि अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । चिकित्सकहरुसँग घनिभूत छलफलपछि उनी दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने निश्कर्षमा पुगेका हुन् ।
पटकपटक डाइलासिस गर्नु भन्दा मृगौलाको पुन प्रत्यारोपण नै सजिलो हुने उनका निकटस्थहरुले दिएको सल्लाह ओलीलाई राम्रो लागेको छ । अमेरिकामा पुन प्रत्यारोपणको चाँजोपाँजो मिलाउन गत साता ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिका गएकी थिइन् ।
स्रोतका अनुसार, सकेसम्म छिट्टै उनी अमेरिका जाने हतारोमा छन् । मृगौलाको पुन प्रत्यारोपण गर्न ३ देखि ५ महिना लाग्ने भएकाले उनी बाँकी काम टुंग्याउन हतारिएका छन् । सबैभन्दा पहिला मन्त्रिमण्डल पुनर्गठनको उनलाई चटारो छ ।
हुन त नयाँ मन्त्रिमण्डलको खाका दुबै अध्यक्ष बसेर लगभग तयार गरिसक्नु भएको छ – एक जना केन्द्रीय नेताले भने । साथै विभिन्न आयोग र समितिमा पनि पदपूर्ति गर्ने मनस्थितिमा ओली रहेका छन् । यी काम पूरा भए लगत्तै उनी अमेरिका जाने तयारीमा छन् ।
लामो समय विदेश बस्नु पर्ने भएकाले पार्टी र सरकारको कार्यकारी अधिकार कसलाई र कुन प्रकृयाबाट दिने भनेर छलफल गर्न आज साँझ सचिवालय बैठक डाकेका छन् । ओली निकट स्रोत भन्छ – आजको बैठकमा यही अजेण्डामा छलफल हुनेछ ।
सचिवालय बैठकले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय आजै हुने उनको दावी छ । यस्तै कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्नेबारे पनि वैठकमा कुरा हुने छ । प्रधानमन्त्री ओली बामदेव गौतमलाई उपप्रधानमन्त्री बनाएर कार्यबाहक तोक्न चाहन्छन् ।
तर गौतम भने कार्यवाहक नभै पूर्ण प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा सरकारमा जाने नजाने दोधारमा रहेका छन् । यस विषयमा समेत आजको सचिवालय बैठकमा कुरा हुने छ – स्रोतले बतायो ।
यदि गौतम सरकारमा जान इच्छुक नहुँदा चाहिं ईश्वर पोखरेललाई कार्यबाहक दिने निर्णय हुने पनि उनले स्पष्ट गरे । आज बस्ने सचिवालय बैठकले अन्य नियुक्तिका सन्दर्भमा समेत छलफल गर्ने दावी उनको थियो ।
उपचारमा ३ देखि ५ महिना लाग्ने र सोको लागि लामो समय बिदेश बस्नु पर्ने अवस्थामा प्रधानमन्त्रीले कसरी जिम्मेवारी बाँडफाँट गर्ने भन्ने विषय नै आजको छलफलको मूल अजेण्डा रहेको बताइएको छ । यति काम सम्पन्न भएपछि प्रधानमन्त्री उपचारका लागि अमेरिका जाने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार