प्रहरी नायव महानिरीक्षक बस्नेतबाट नवनिर्मित भवनको उद्घाटन
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १९:९:४७
२ मंसिर नुवाकोट । प्रदेश ३ नम्बर प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मित भवनहरुको आइतबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरुको निरीक्षण समेत गरेका थिए ।
ईलाका प्रहरी कार्यालय ढिकुरे भवन राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको कुल १ करोड ३९ लाख ४० हजार ८ सय ३८ रुपैयाँ ३८ पैसा सहयोग र प्रहरी चौकी ककनी भवन सोही कोषको कुल १ करोड १४ लाख ५६ हजार ६६ रुपैयाँ ८ पैसा सहयोगमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, स्थानीय तहका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु स्थानीय संचारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
अवैध लागूऔषध सहित पक्राउ
बारा, पचरौता नगरपालिका-७ भवानिपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही नगरपालिका बेनौली बस्ने २५ वर्षीय कृष्ण साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो भन्सार कार्यालयबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-६ बस्ने २१ वर्षीय कृष्ण कार्की, बिक्रम सुब्बा, २० वर्षीय अभिषेक तामाङ र रोजन राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न मुद्दामा फरार प्रतिवादीहरु पक्राउ
जिल्ला अदालत धादिङको फैसलाले चोरी मुद्दा तथा कारागारबाट भागेको मुद्दामा जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी धादिङ साविक धुँवाकोट गाविस-५ बस्ने राम बहादुर भन्ने ६९ वर्षीय सुब्बा वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई निलकण्ठ नगरपालिका-१ खाल्टेमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उक्त अदालतको २०४१ जेठ ८ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ वर्ष ११ महिना ७ दिन कैद सजायमा कारागार कार्यालय धादिङमा थुनामा रहेको अवस्थामा २०४१ मंसिर ६ गते कारागारबाट भागी फरार भएपछि कारागारबाट भागेको मुद्दामा पुनस् २०४२ मंसिर १७ गतेको फैसलाले ५ वर्ष ५ दिन थप कैद सजाय गरी जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजाय ठहर भएको थियो ।
यसैगरी जिल्ला अदालत धादिङको २०५६ असोज १९ गतेको फैसलाले भवितव्य ज्यान मुद्दामा ६ महिना कैद र ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी धुनिबेशी नगरपालिका-४ बस्ने दिपक मिजार भन्ने ४१ वर्षीय दिपेश मिजारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ परेका मिजार र वस्तीलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत धादिङमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि दुवै जनालाई कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
झापाको भद्रपुर नगरपालिका-५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका-६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पुल हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं महानगरपालिका-३२ सनराईज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २८ वर्षीय उमेश सुबेदीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले दुवै जनालाई मादक पदार्थ सेवन गरी बा.९६ प ९३६६ र बा.८७ प ३२०४ नम्बरका मोटरसाइकल चलाएको अवस्थामा फेला पारी कारवाही गर्ने खोज्दा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध रुपमा लगाएको गाँजा खेती नष्ट
धादिङको गजुरी गाउँपालिका-८ चैनपुर लगायतका विभिन्न स्थानहरुमा करिब १ सय रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले स्थानीय भद्रभलादमीको सहयोगमा उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
बारा र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बारा, पर्सौनी गाउँपालिका-३ नवतन चोकस्थित सडकमा आइतबार दिउँसो ना.४ ख ३७५६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री पर्सौनी गाउँपालिका-३ बस्ने २३ वर्षीय दिपेश साहको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-८ बिराटचोकस्थित सडकमा को.१ ख २४११ नम्बरको ट्रक र बा.३७ प ८७५९ नम्बरको मोटरसाइकल आइतबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा कन्काई नगरपालिका-३ बस्ने ४४ वर्षीय पेशल केसीलाई उपचारको लागि घोपा अस्पताल धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्रकमा सवार २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
९८० आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रुपन्देही, कञ्चन गाउँपालिका-१ दानापुर ताल बस्ने टिकाराम रेश्मीको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सप्तरी, छिन्नमस्ता गाउँपालिका-३ सखडा बस्ने दिपेश मण्डलको खुश्बु मोटरसाइकल ग्यारेजमा सोमबार बिहान आगलागी हुँदा ग्यारेज तथा ग्यारेजमा रहेका मोटरसाइकलका पाटपूर्जाहरु जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तनहुँ, भानु नगरपालिका-२ फुस्रेटार बस्ने करण नेपालीको घरमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
डडेल्धुरा, अमरगढी नगरपालिका-५ स्थित एनसेल टावरको १५ केभिए क्षमता भएको महेन्द्रा कम्पनीको महेन्द्रा पावर जेनेटरमा आइतबार दिउँसो आगलागी हुँदा उक्त जनेटर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार