मन्त्रिमण्डल पुनर्गठन गर्न ओली छलफल गर्दै
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार २३:४:३६
२ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी ओली मौजुदा मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । संभव भएसम्म आजै पुनर्गठन गर्ने उनको चाहना छ । यस प्रयोजनका लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेलुका बालुवाटार डाकेको स्रोतले बतायो ।
हिजो बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएकाले उपयुक्त रुपमा सम्पादन गर्न अनुमति दिइसकेको छ । त्यसपछि मन्त्रिमण्डलमा पर्न आकांक्षा राख्नेहरु नेकपाका शीर्ष नेताको घरदैलोमा व्यस्त थिए ।
बहालवाला मन्त्रीहरु पनि आफ्नो मन्त्रालयमा नबसी पद जोगाउन दौडधुपमा व्यस्त थिए । त्यसैले मन्त्रालय आज सुनशान प्राय थिए । आज बिहानैदेखि प्रचण्डको निवास खुमलटारमा आकांक्षीहरुको भीड देखिन्थ्यो ।
साथै नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुबै नेताबीच नयाँ मन्त्रिमण्डलमा कसलाई पढाउँदा उपयुक्त होला भनेर छलफल भएको बताइन्छ ।
प्रधानमन्त्री ओली सकेसम्म छिटो मन्त्रिमण्डल पुनर्गठन गरी उपचारका लागि अमेरिका जाने मनस्थितिमा छन् । स्रोतका अनुसार आजै बेलुकीसम्म भएपनि पुनर्गठन गर्न आतुर छन् । ओलीले आफू निकटस्थसँग आजै बिहानैदेखि घनिभूत छलफल गरेका छन् ।
वामदेव गौतमलाई उपप्रधानमन्त्रीका रुपमा आउन आज पनि प्रस्ताव गरेका ओलीलाई प्रष्ट जवाफ प्राप्त भैनसकेको बताइएको छ । साँझसम्म गौतमले सकारात्मक जवाफ दिए दोस्रो हैसियतको उपप्रधानमन्त्री बनाउने ओलीको योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार