यादव र ढकालको मन्त्रालय हेरफेर
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बिहिबार ५:३१:३९
४ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुर्नर्गठन गरेका छन् । मन्त्रिपरिषद पूर्नर्गठनसंगै केही मन्त्रीलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।
नयाँ मन्त्रीहरूको शपथ बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेरको सूची बुधबार राति नै राष्ट्रपति कार्यालय पठाएका छन्।
सूची अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयश त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङ, कृषि तथा पशुपन्क्षी घनश्याम भुषाल र उद्योग , वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट नियुक्त नियुक्त भएका छन्।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।
प्रधानमन्त्रीले ओलीले स्वास्थ्य तथा जनसंख्या र कानुन मन्त्रीको जिम्मेवारी साटफेर गरेका छन्। मन्त्रिपरिषद् पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र कानुन मन्त्री भानुभक्त ढकालको जिम्मेवारी हेरफेर गरेका हुन्।
जिम्मेवारी हेरफेरसँगै अबदेखि स्वास्थ्य मन्त्रीको जिम्मेवारी भानुभक्त ढकालले गर्ने भएका छन् भने कानुन मन्त्रीका रुपमा उपेन्द्र यादवले। प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँलाई नियुक्त समेत गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष यादव यतिबेला भारतमा छन्।
यादवलाइ स्वास्थ्य मन्त्री पदबाट अपमान जनक कानुन मन्त्री बनाइएको छ । ओलीले गरेको मन्त्रिरिषद हेरफेरले यादवलाई निल्नु न ओकल्नु भएको छ यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायलाई मन्त्री नियुक्त गरेका छन् भने गोकर्ण विष्टलाई हटाएका छन्।
त्यसैगरी मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। राष्ट्रपति कार्यालयले अबेर राति मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरूको जिम्मेवारी हेरफेरको सूचना सार्वजनिक गरिसकेको छ ।
नयाँ मन्त्रिपरिषद्ः
क्र. सं नाम थर पदनाम कार्यविभाजन
१ . केपी शर्मा ओली प्रधानमन्त्री
२ . ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
३ . उपेन्द्र यादव उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ . रामबहादुर थापा मन्त्री गृह
५ . प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
६ . हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७ . गिरीराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८ . वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ . घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१० . भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
११ . लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ . योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ . शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
१४ . रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. डा. युवराज खतिवडा मन्त्री अर्थ
१६ . मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
१७ . जगतबहादुर सुनार ९विश्वकर्मा० मन्त्री युवा तथा खेलकुद
१८ . गोकुलप्रसाद बाँस्कोटा मन्त्री सञ्चार तथा सूचना प्रविधि
१९ . पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० . बीना मगर मन्त्री खानेपानी
२१ . वसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ . पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ . मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ . नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२५ . रामवीर मानन्धर राज्यमन्त्री सहरी विकास
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा
बैशाख २४, २०८१ सोमबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार