नारायणी अस्पतालमा महिला स्वास्थ्यकर्मीसँग यौनजन्य दुर्व्यवहार गरेको आरोप एक स्वास्थ्यकर्मी पक्राउ
आबिद हुसेन
बैशाख २३, २०८१ आइतबार २२:५१:३३
२३ वैशाख, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा महिला स्वास्थ्यकर्मीसँग यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका अस्पतालमै कार्यरत एक पुरुष स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अस्पतालको आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट 'एचए' अगन्ध चौरसियालाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।
अस्पतालको आकस्मिक कक्षमा ओजेटी 'अन जब ट्रेनिङ' का रुपमा कार्यरत मोडेल कलेजका दुई छात्रासँग चौरासियाले यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
उनले भने,‘ आफूहरुसँग चौरासियाले सेक्सुअल ह्रान्समेन्ट गरेको भन्दै दुई छात्राले ठाडो उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस बारेमा अनुसन्धान भइरहेको छ ।’ पीडित भनिएका पक्षबाट आरोप पुष्टि हुने प्रमाण पनि मागिएको उनले बताए ।
यता पीडित भनिएका छात्राहरूले प्रहरीमा दिएको ठाडो उजुरीमा चौरासियाले केही समयदेखि ब्यालेकमेलिङ् गर्दै अनैतिक कृयाकलाप गर्न दबाब दिँदै आएको तर आफुहरुले अस्वीकार गरेपछि अस्पतालबाट निकालिने दिने धम्कीसमेत दिने गरेको आरोप लगाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार