समाजवादी फोरम सरकारबाट बाहिरिंदै
नेपालबहस संवाददाता
मंसिर ५, २०७६ बिहिबार २०:४२:३२
५ मंसिर काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले मौजुदा मन्त्री परिषद पुनर्गठन गरेसँगै सत्ता साझेदार समाजवादी फोरम बाहिरने अवस्थामा पुगेको छ ।
मन्त्रिपरिषद पुनर्गठन गर्दा सत्ता साझेदारसँग एक वचन नसोधेको भन्दै फोरमले अनौपचारिक रुपमा विरोध जनाएको छ ।पुनर्गठन पछि पनि मन्त्री पद कायमै रहेका सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले भने – यो त घोर अपमान हो ।पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको पोर्टफोलियो परिवर्तन गर्दा प्रधानमन्त्रीले नसोधेको दावी उनले गरेका छन् ।
हाल गृहनगर नेपालगञ्जमा रहेका राईले अब कसरी अघि बढ्ने भन्ने सन्दर्भमा पार्टीमा छलफल हुने बताए । उपप्रधानमन्त्री यादव हाल सरकारी कामको सिलसिलामा भारतको नयाँ दिल्लीमा छन् । स्वास्थ मन्त्रीका हैसियतले भारत भ्रमणमा रहेका उनी नेपाल फर्कंदा अर्कै मन्त्रालयका मन्त्री भैसकेका छन् ।
यादवलाई स्वास्थबाट हटाएर कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा सरुवा गरिएको छ । साथै, स्वास्थ राज्य मन्त्री रहेका डा. सरोज यादवलाई समेत हटाइएको छ । त्यसैले यो हाम्रा लागि संंवेदनशील विषय बनेको छ भन्दै सहरी विकास मन्त्री राईले स्थानीय सञ्चारकर्मीसँग भने – हामी गम्भिर छौं , अध्यक्ष आएपछि एउटा टुंगोमा पुग्ने छौं ।
प्रधानमन्त्री ओलीले यो कदम जानेर नै चालेको स्रोतको दावी छ । अब उपेन्द्रबाट सरकारलाई सहयोग नपुग्ने उनको विश्वास रहेको छ । त्यसैले ओली उपेन्द्रको पार्टीलाई हटाएर अर्काे मधेस केन्द्रित पार्टी राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन इच्छुक छन् ।
यस प्रयोजनका लागि ओलीले पटक पटक राजपालाई अफर गरिसकेका छन् ।यो कुराको सुइँको पाएका उपेन्द्रले हाल सरकार नछाड्ने नीति लिएका थिए । तर ओलीले यस्तो अपमान गर्लान् भन्ने उनको बुझाई थिएन । त्यसैले पनि सरकारमा बस्ने नबस्ने भन्ने कुरा सोचनीय छ – राईले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार