इजरायलमा निर्वाचनको विकल्पमा नयाँ प्रधानमन्त्री छान्न संसदलाई जिम्मेवारी
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १३:५६:३८
६ मंसिर एजेन्सी । निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसद्लाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएको छ ।
इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा भएको निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक प्रष्ट बहुमत ल्याउन नसकेपछि संयुक्त सरकार गठनका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा रहेका बेन्जामिन नेतन्याहु र उनका प्रतिस्पर्धी बेनी गान्जका प्रयासहरू सफल हुन नसकिरहेका समय राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
राष्ट्रपतिले संसद्बाट नयाँ प्रधानमन्त्री छान्नका लागि बिहीबारदेखि २१ दिनको समयसीमा तोकेको हो । संसदीय निर्वाचनमा २५.९५ प्रतिशत मत अर्थात् ३३ सदस्य निर्वाचित भएको इजरायली ब्लु एण्ड ह्वाइट पार्टीका नेता गान्जले गठबन्धन सरकारका लागी आफ्नो प्रयास सफल नभएको बताएको एक दिनपछि राष्ट्रपतिको यो निर्देशन आएको हो ।
निर्वाचनमा २५.१० मतसहित दोस्रो ठूलो दल लिकुड पार्टीका नेता तथा प्रधानमन्त्री नेतन्याहुको संसदमा ३२ सदस्य रहेका छन् । जम्मा १२० सीट भएको इजरायली संसदमा सरकार गठनका लागि बहुमत पुग्न जम्मा ६१ मतको आवश्यक पर्छ । जसका लागि उनीहरू दुवैले कम्तीमा अन्य तीन दललाई विश्वासमा लिनुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार