कांग्रेसद्वारा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १४:४७:१२
६ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै पक्षको दायित्व र कर्तव्य भएको जनाएको छ ।
मुलुकका ३७ जिल्लाका ५२ स्थान प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, वडा अध्यक्ष ४३ मा उपनिर्वाचन हुँदैछ । समितिका संयोजक रमेश लेखकले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय निरन्तर आचारसंहिता विपरीत सत्ताको दुरुपयोग गरी उपनिर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको आरोप लगाए ।
उनले भने, “उपनिर्वाचन हुने स्थानमा सरकार र सो सम्बद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचारप्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्वकार्यक्रममा नभएका योजना, कार्यक्रम दिने, आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायत क्रियाकलाप भएका छन् ।” नेता लेखकले आचारसंहिता विपरितका गतिविधि भविष्यमा नदोहो¥याउन सचेत गराए ।
निर्वाचन आयोगले गत कात्तिक ८ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । समितिले यसअघि गत कात्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसँग भेटघाट गरी आचारसंहिता उल्लङ्घनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाइ साथ कार्यान्वयन गर्न लिखित ध्यानाकर्षणसमेत गराएको समिति संयोजक लेखकले जानकारी दिए ।
निर्वाचन आयोगले मंसिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्तिमार्फत सबै सरोकारवाला पक्षलाई निर्देशसमेत गरेको थियो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य तथा पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहेको समिति गठन गरेको छ ।
उपनिर्वाचन हुने ३७ वटै जिल्लामा पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानून व्यवसायी सङ्घ (डिएलए) का जिल्ला अध्यक्ष र एक महिलासहित पाँच जना रहने अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार