नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गरिने
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १५:२८:१९
६ मंसिर काठमाडौं । सरकारले नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २९ र यही मंसिर ३ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालका दुवै छिमेकी मुलुक भारत र चीनसँगको सीमा निरीक्षणका लागि छुट्टाछुट्टै समिति गठन गरिएको जानकारी दिए ।
बैठकले नेपाल सरकार र रुसी महासङ्घबीच आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।
मन्त्रिपरिषद् बैठकले जबर्जस्ती करणी मुद्दाका चार पीडितलाई राज्यले अभिभावकत्व ग्रहण गर्दै संविधानप्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि तिनलाई जनही रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले दिए ।
कलङ्की–थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको सडकमा सडकको केन्द्ररेखादेखि आठ÷आठ मिटर बाहिरका सुरुङमार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव आठ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहण गर्न स्वीकृति मन्त्रिपरिषद् बैठकले दिएको छ ।
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गर्नुपर्ने प्रस्तावित ५८४.६४१ रोपनी जग्गा र ६३ घरटहरामध्ये आवश्यकताका आधारमा प्रथम चरणमा १४७ दशमलव ६९ रोपनी जग्गा र १६ घरटहरा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
अन्तरराष्ट्रिय वित्त निगमलाई अर्थ मन्त्रालयले तोकेको शर्तमा २० मिलियन अमेरिकी डलर (करीब रु दुई अर्ब) बराबरको जारी गर्न स्वीकृति दिएको छ । ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पुनरावेदन न्यायाधीकरणको पुनरावेदन सुन्ने अधिकारी पदमा स्याङ्जा आँधीखोलाका सत्यराज गुरुङलाई नियुक्त गरिएको सञ्चारमन्त्रीले जानकारी दिए ।
सरकारले जर्मनीको ह्यानोभरमा हुने चारदिने डोमोटेक्स मेलामा नेपाली गलैँचाको सहभागिताका लागि रु ४० लाख अनुदान नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घलाई उपलब्ध गराउने निर्णय गरेको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको कार्यविधि २०७६ कात्तिक ११ देखि लागू हुने गरी एक वर्ष थप गरिएको छ ।
तीन चरणमा दरबन्दी पूर्ति गर्ने गरी ४७ जिल्ला न्यायायाधीशको दरबन्दी थप गर्ने निर्णय गरिएको छ । सोअनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ र आव २०७८/७९ मा १५ जिल्ला न्यायाधीशको दरबन्दी थपिने छ ।
दक्षिण कोरियाली उम ओङगिल र बेलायती कोलिन फिलिप स्मिथ (पुतली बाजे) लाई सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्ने निर्णय गरिएको छ । लोचनकुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।
बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७६ र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरेको छ । त्यस्तै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ स्वीकृत भएको छ । नेपाल भ्रमण वर्ष, २०२० कार्यक्रम सञ्चालन (पहिलो संशोधन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।
गुल्मी दुबीचौरमा भएको दुर्घटनामा परी मुत्यु भएका सोही जिल्ला रेसुङ्गा नगरपालिका–१२ निवासी भूपाल बस्नेत, कृष्णबहादुर थापा र मेघबहादुर थापाका नजीकका हकदारलाई प्रतिव्यक्ति रुपाँच लाखका दरले क्षतिपूूर्ति दिने निर्णय भएको छ ।
प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथी दर्जामा पदोन्नति गरिएको छ । नेपाली सेनामा कार्यरत ६१ जना रथीबृन्द तथा अधिकृतको सरुवा गरिएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायसँगको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार