राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १९:२५:४६
६ मंसिर एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।
सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गरेको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । उक्त विज्ञप्तिकाअनुसार अफगान राष्ट्रपति घानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आमन्त्रण गरेको सो आमन्त्रण स्वीकार गरेको बताइएको छ ।
हाल अफगान राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको बताए। त्यस क्रममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान राष्ट्रपति घानीबीचको फोनवार्तामा राष्ट्रपति ट्रम्पले आमन्त्रण गरेको बताए । उनीहरुबीच शुक्रबार बिहान फोनवार्ता भएको र त्यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना अफगान समकक्षीलाई अमेरिका भ्रमणमा आउन आमन्त्रण गरेकाे उक्त विज्ञप्तिमा जनाइएको छ ।
त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जना अमेरिकी प्रध्यापकलाई अफगानिस्तानबाट मुक्त गरिदिएकोमा अफगान राष्ट्रपतिलाई धन्यवाद दिए । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरुलाई अफगान सुरक्षाफौजले परास्त गर्ने काम गरेकोमा प्रसंशा पनि गरेका थिए ।
गएका केही महिना यताको अवस्था हेर्दा अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा ठूलो संख्यामा इस्लामिक स्टेट्सका लडाकूहरुलाई यहाँको सुरक्षाफौजले लखेटेको छ ।
केही हप्ता यता यस प्रान्तमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरु र तिनको परिवारका सदस्यहरु समेत गरी करिब ६०० जनाले सुरक्षा फौजसमक्ष आत्मसमर्पण गरेका छन् । यो कार्यको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गरेको बताइएको छ । सो टेलिफोन वार्ताका क्रममा अफगानिस्तानको हालको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
विज्ञप्तिकाअनुसार अफगानिस्तानमा जारी तालिबानहरुको हिंसा र यसको नियन्त्रणका लागि जारी सैन्य गतिविधिहरुका साथ यहाँ कार्यरत अमेरिकी सेनाको विषययमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार