सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १९:३९:३८
६ मंसिर काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाले अध्यक्ष कुमार प्रसाद कोइरालाले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।
साथै उक्त सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको कम्पनी सानिमा बैँक लगायत प्रतिष्ठित गैर आवासीय नेपालीहरुद्वारा प्रवर्धित संस्था हो ।
सानिमा लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २२ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ६४ वटा शाखा-उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि जनसमक्ष प्रस्तुत गरेको छ ।
कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्रि विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार