राष्ट्र बैंकको नयाँ सिस्टम चालु, रकम झिक्न र जम्मा गर्न चेक काट्न नपर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार २२:२:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/NRB-e1574774632308_ISwZjxAMZc.jpg)
१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो रकम भुक्तानीमा सहजता हुने भएको छ । आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म चेक बोकेर दौडनुपर्ने अवस्था विस्तारै अन्त्य हुने भएको हाे ।
४ महिना अगाडिदेखि नै सिस्टम लागू गर्ने तयारी थालिएको राष्ट्र बैंकले जनाएको छ । विदेशी बैंकहरुमा धेरै पहिलादेखि नै यो प्रक्रियाबाट रकम ट्रान्सफर हुने गरेको भएपनि नेपालमा भने यो पहिलो प्रयास हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्त लक्ष्मीप्रपन्न निरौलाका अनुसार अहिले यो प्रणाली सबै बैंकमा पूर्णरुपमा सुचारु भएको छ । बैंकले सम्पूर्ण वाणिज्य बैंकहरुलाई रु. दुईलाख भन्दा माथिको रकम कारोबारमा यस प्रणालीको प्रयोग गर्न अनुरोध गरिएको निरौलाले जानकारी दिए ।
आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा अब चेक चाहिने छैन । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको छ ।
बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो ।
ग्राहकको हतारोलाई हेरेर फस्टट्रयाकबाट चेक क्लियरिङ गर्न संचालनमा रहेका वाणिज्य बैंकले थप शुल्क लिएर पनि काम गर्दै आएका थिए । तर, राष्ट्र बैंकको यो कार्यले अब रकम तत्कालै जम्मा हुने र शुल्क समेत कम लाग्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति आफू अनुकुल बनाउन चर्को दवाव छ: गभर्नर
असार ११, २०८१ मंगलबार
बजारमा धेरै भयो पैसा, वित्तीय प्रणाली कै तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस
जेठ ३२, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
असार १८, २०८१ मंगलबार
ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार