प्रम जस्तै अस्वस्थ नेकपा !
नेपालबहस संवाददाता
मंसिर १२, २०७६ बिहिबार २२:२:३४
१२ मंसिर, काठमाडौं । “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नाराका साथ सत्ताको बागडोर सम्हालेको केपी ओली नेतृत्वको सरकार त्यसै अलमलिएको छ । दुईतिहाई समर्थन प्राप्त सरकारको काम गर्ने तौरतरिका र प्राप्त परिणामले नेपाली जनतालाई निराश बनाई दिएको हो ।
विगत दुई वर्षको अवधि ओली सरकारले गफै गरेर बिताएको नेपाली जनताको बुझाई रहेको छ । साथै प्रधानमन्त्रीको गिर्दाे स्वास्थ्य अवस्थाले सरकारी कामको प्रभावकारिता समेत फितलो बन्न थालेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था दिनहुँ कमजोर हुँदैजादा विकास निर्माण लगायत महत्वपूर्ण विषयले गति लिन सकेकोे छैन ।
अलिकति सञ्चो हुने बित्तिकै पार्टी भित्रको गुटगत राजनीतिमा बलियो देखाउने शैली र प्रवृत्तिले ओलीलाई गाँज्ने गरेको छ । प्रधानमन्त्री ओलीको ध्याउन्न जसरी भएपनि पाँच वर्ष शासनसत्ता टिकाउनेमै केन्द्रित देखिएको छ । यसका लागि विगतमा पुष्पकमल दाहालसँग गरेको भद्र सहमति नै विस्थापित गर्ने तहसम्मको नयाँ सम्झौता प्रधानमन्त्री ओलीले गरेका छन् । त्यो पनि व्यक्तिगत रुपमा । पार्टीभित्र यसबारे कुनै छलफल वा जानकारी छैन ।
औपचारिक रुपमा कुनै छलफल नै नगरी व्यक्तिगत रुपमा ओलीले यस्तो सम्झौता गरेका भन्दै ओली इतरपक्षले त्यसको स्वामित्व ग्रहण नगर्ने प्रतिक्रिया दिने गरेको छ । पार्टीमा संस्थागत भन्दा व्यक्तिगत प्रभाव बढाउने ओली शैलीप्रति ठूलो गुनासो छ । तर त्यसालाई संस्थागत रुपमा छलफल गर्ने हैसियत कुनै नेताको देखिएको छैन । त्यसैले ओलीले जे बोल्यो वा ग¥यो त्यही नै लागू हुने प्रणाली स्थापित भएको छ ।
हप्ताको दुईपटकको मृगौला डाइलासिस र थप अन्य स्वास्थ्य समस्याले सरकारको प्रभावकारिता निस्तेज देखिएको हो । कतिखेर अस्पताल जानुपर्ने हो भन्ने चिन्ताले प्रधानमन्त्री निकटहरु त्रसित हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले कसरी काम गर्ने ? राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको भनाई छ ।
जसरी भएपनि नेकपाभित्र आफ्नाे गुट बलियो बनाउने एक सूत्रीय अभियानमा प्रधानमन्त्री ओली एकोहोरिएको देखिन्छ । यसले गर्दा विकास निमार्ण लगायत मुलुकको समृद्धिको नारा केवल नारामै सीमित भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखिएको निरन्तरको समस्याले सरकारको गति नै धिमा भएको छ ।
हप्ताको दुईपटकको मृगौला डाइलासिस र थप अन्य स्वास्थ्य समस्याले सरकारको प्रभावकारिता निस्तेज देखिएको हो । कतिखेर अस्पताल जानुपर्ने हो भन्ने चिन्ताले प्रधानमन्त्री निकटहरु त्रसित हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले कसरी काम गर्ने ? राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको भनाई छ ।
“शरीरमा रोग लाग्नु स्वभाविक हो , प्रधानमन्त्रीको शरीर अहिले रोगले थलिएको छ , उनलाई आरामको खाँचो छ” – केसी भन्छन् – “तर किन हो, ओली यस्तो अवस्थामा पनि गधा झैं जोतिएका छन् ।” जीवनमा यो मात्रै अवसर हो भने जसरी ओलीको अनावश्यक सक्रियता चुलिएको उनको बुझाई छ । केही समय आराम गर्ने हो भने ओलीको शरीर तन्दुरुस्त हुनसक्ने उनको ठम्याई छ । तर ओलीलाई आफू निस्कृय हुने बित्तिकै सत्ताको चावी नै अर्काको हातमा पुग्ने बुझाईले यस्तो धपेडी गरेका हुनसक्ने अनुमान केसीकोे रहेको छ ।
चिकित्सकहरुले पनि ओलीलाई पूर्णत आराम गर्न पटकपटक सुझाएका हुन् । तर ओली अरुको सल्लाह मान्ने चरित्रका नेता होइनन् । त्यसैले उनको राजनीतिक सक्रियता तीव्र भयो , फलतः उनलाई रोगले चापेको छ । अहिले पनि एपेन्डिसाइटिसको शल्यक्रिया गरी अस्पतालको बेडमा रहेका ओलीको राजनीतिक चेतना भने कम भएको छैन । प्रधानमन्त्रीको ध्यान जसरी भएपनि पार्टीभित्र आफ्नो पक्षको वर्चश्व सुदृढ गर्नेमै केन्द्रित छ ।
तर अब भने पार्टीभित्र ओलीको विकल्पबारे बहस चलाउनुपर्ने बेला आईसकेको चाहिं उनले स्वीकारेका छन् । प्रधानमन्त्री ओली स्वस्थ्य भई बालुवाटार फिरेपछि नेताहरुले यसबारे थप छलफल गर्नै पर्छ – उनी भन्छन्, नेपाली जनताको आशा र भरोशालाई नेकपाले निराशामा बदल्नु हुँदैन ।
यही हिसाबले सरकार चल्ने हो भने समृद्ध नेपाल र सुखी नेपालीको नारा कसरी साकार होला ? अर्का राजनीतिक चिन्तक पुरञ्जन आचार्य भन्छन् । प्रधानमन्त्री यतिखेर अस्पतालको शैयामा छन् , स्वास्थ्यलाभको कामना गरौं भन्दै आचार्यले यही ढंगले मुलुक कतिञ्जेल चलाउने हो ? नेकपाका नेतृत्वले सोच्ने बेला आयो भनी टिप्पणी गरे ।
हुन पनि ओलीको स्वास्थ्य अवस्था यति कमजोर भैसक्दा पनि नेकपाले कुनै चासो देखाएको छैन । ओली प्रधानमन्त्री भएपनि उनको आवद्धता नेकपामा रहेको छ – आचार्य भन्छन्, अब अरु नेताले गम्भिर भएर सोच्नैपर्छ । नेपाली जनताले नेकपालाई मत दिएको हो , त्यसको जवाफ पनि पार्टी नै दिनुपर्ने उनको बुझाई छ ।
यसबारे नेकपाको नेतृत्व कुनै टिप्पणी गर्ने अवस्थामा देखिएको छैन । माधव नेपाल निकट एकजना नेताले भने अहिले कुनै टिप्पणी गर्नु भनेको ओलीको बिरोध गरेको अर्थ लाग्ने भएकाले मौन बसेको बताएका छन् । तर अब भने पार्टीभित्र ओलीको विकल्पबारे बहस चलाउनुपर्ने बेला आईसकेको चाहिं उनले स्वीकारेका छन् । प्रधानमन्त्री ओली स्वस्थ्य भई बालुवाटार फिरेपछि नेताहरुले यसबारे थप छलफल गर्नै पर्छ – उनी भन्छन्, नेपाली जनताको आशा र भरोशालाई नेकपाले निराशामा बदल्नु हुँदैन ।
ओली इतरखेमाका नेताले उनको विकल्पमा सोच्न सकिने कोणबाट छलफल हुने बताएपनि पार्टीभित्रको समीकरण भने त्यस्तो देखिंदैन । अहिले ओलीको विपक्षमा एक शव्द निकाल्न पनि नसक्ने अवस्था रहेको बुझाई पार्टी शीर्ष नेताको रहेको छ । त्यसैले नेकपा भित्रको सत्ता समीकरण र सरकारको गतिशीलता यस्तै रहने अनुमान गर्न सकिन्छ । फलतः मुलुक अझै कमजोर र अस्थिर हुने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार