विपद्परेका मानिसलाई उद्धार गर्न कृष्णदल गणकाे तालीम
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १५:१०:१८
१३ मंसिर, दमौली । विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यसहित कृष्णदल गण चापाघाट व्यारेकले विपद् प्रतिकार्य तालीम प्रदान गरेको छ ।
कृष्णदल गणले चार वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालीम प्रदान गरेको हो । सडक दुर्घटना, बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न जिल्लाका सात स्थानीय तहका २० जनालाई विपद् प्रतिकार्य तालीम प्रदान गरिएको कृष्णदल गणका गणपति प्रमुख सेनानी अनन्तबहादुर सिंहले जानकारी दिए ।
तालीममा व्यास नगरपालिकाबाट छ, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिकाबाट दुई–दुई जनाको सहभागिता रहेको थियो ।
जिल्लाको प्राकृतिक बनाटवलाई मध्यनजर गरेर चार वटा प्याकेजमा तालीम सञ्चालन गरिएको प्रमुख प्रशिक्षक भरत पुलामी मगरले जानकारी दिए । उनका अनुसार पहिलो दिन सडक दुर्घटनाका घाइतेलाई उद्धार, दोस्रो दिन आगलागी नियन्त्रण, तेस्रो दिन भूकम्पका घाइतेको उद्धार, खोचमा खसेका घाइतेको उद्धार र चौथो दिन बाढीपहिरोबाट बगाएका घाइतेलाई उद्धारका बारेमा सिकाइएको थियो ।
गाउँ–ठाउँमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाइएको उद्धार सामग्री प्रतिकार्य तालीममा प्रयोग गरिएको थियो । ड्रम, म्याट र बोतलबाट बनाइएको उद्धार सामग्रीलाई प्रतिकार्य तालीममा प्रयोग गरी सिकाइएको प्रशिक्षक मगरले बताए। “ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ,” उनले भने, “म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रुपमा पनि निर्माण गर्न सकिन्छ ।”
तालीमको अन्तिम दिन बिहीबार व्यास नगरपालिका–५ स्थित मादी नदीमा तालीमको प्रदर्शन गरियो । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले विपद्को अत्यन्तै जोखिममा रहेको यहाँ हुन सक्ने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।
विपद्मा घटना न्यूनीकरणका लागि मानसिकतादेखि नै तयार रहनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिँदै न्यौपानेले भने, “नागरिकस्तरबाट पनि विपद्को पूर्व तयारीका लागि तयार हुनुपर्छ ।” विपद्को पूर्वतयारीका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको र आगामी वर्ष त्यसलाई वृद्धि गर्दै लगिने उनले बताए।
प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष रुद्रप्रसाद पण्डितले विपद् प्रतिकार्यका लागि स्थानीय तहले चासो नदेखाएको बताए । प्रत्येक स्थानीय तहले विपद् न्यूनीकरणका लागि सामग्री खरीद गरेर राख्नुपर्नेमा जोड दिँदै उनले भने, “सडक दुर्घटना र बाढीपहिरोबाट हुन सक्ने विपद्का घटनामा उद्धारका लागि उद्धारकर्ता तयार गर्न गरिएको तालीम प्रभावकारी हुनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
सेनाले भन्यो:- लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित छन्
असोज २९, २०८१ मंगलबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार