निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शनिबार ३:२०:१८
१३ मंसिर काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ ।
निगमको गत मंसिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो ।
सोही निर्णयअनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ । आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका सह–प्रवक्ता सुलेश मिश्रले दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजमा पनि भ्रमण वर्षको प्रतीक चिह्न राख्ने प्रक्रिया शुरु भइसकेको छ । त्यस प्रयोजनका निम्ति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर निगमले पाँच दिनअघि ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
सात दिनभित्र आशयपत्र लिएर प्रतीक चिह्न राख्ने काम शुरु गरिनेछ । यो सबै काम अबको १५ दिनभित्र सकिने सह–प्रवक्ता मिश्रले बताए । आजसम्म छवटा टेन्डर परेका छन् । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको निगमले भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
आईपीएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
असोज १३, २०८१ आइतबार
आईपीएलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने
असोज १३, २०८१ आइतबार
प्रचण्डले बोलाए सर्वदलीय बैठक
असोज १३, २०८१ आइतबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार