विश्वभर तीन करोड ७९ लाख एचआइभी सङ्क्रमित
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ शनिबार २२:२५:३८
१४ मंसिर काठमाडौं । नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ ।
हाल नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताए । हाल विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जनाइएको छ ।
भट्टचनका अनुसार नेपालका वयस्क ‘१५ देखि ४९ वर्ष’ उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१ प्रतिशतले बालबालिकमा हुने नयाँ सङ्क्रमणमा कमी आएको छ । केन्द्रका निर्देशक भट्टचनले एड्सको कारणले मृत्यु हुने सङ्ख्यामा पनि ३८ प्रतिशतले घटेको छ ।
छैहत्तर प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जैलका कैदी रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ ।
हेरचाह र सहयोगलगायत एआरभी औषधिउपचारसमेतमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको सङ्ख्यामा कमिआएको उनले जानकारी दिए । केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआइभी सङ्क्रमितमध्ये ६० प्रतिशत अर्थात् १७ हजार ९८७ जना०ले एआरभी उपचारमा रहेका छन् ।
सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धि कार्यक्रम सञ्चालनसमेत गरेको छ । निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआइभी सङ्क्रमण र एड्सबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।
विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापीरुपमा १६ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको छ । भने ४१ प्रतिशत बालबालिकामा हुने सङ्क्रमण घटेको पाइएको छ । सन् २००४ मा सबभन्दा बढी मानिस एड्सबाट ज्यान गएको थियो । अहिले २०१८ सम्म आइपुग्दा एड्सबाट ज्यान जानेको सङ्ख्यामा पनि ५६ प्रतिशतले घटेको छ । विश्वमा सन् २०१८ सम्ममा कुल एचआइभी सङ्क्रमितमध्ये ६२ प्रतिशत दुई करोड ३३ लाखले मात्र एआरभी उपचार गराइरहेका छन् ।
एचआइभी र एड्ससम्बन्धि प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ । यसपटक एचआइभी सङ्क्रमलाई अझै घटाउदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ समुदायको भूमिकालाई पहिचान गरी उनीहरुको भूमिका अझ प्रभावकारी बनाई एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धि कार्यक्रमलाई तीव्रता दिनका लागि यस वर्ष ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ ।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ६० जिल्लामा एचआइभी रोग नियन्त्रण गर्न उपचार केन्द्र स्थापना गरिएको जानकारी दिँदै प्रदेश र स्थानीय तहको समन्वयमा एचआइभीको उपचारलाई प्रभावकारी बनाइने बताए ।
यौनरोग विशेषज्ञ डा अनुप वास्तोलाले एचआइभी सङ्क्रमणलाई अझ घटाउन सुरक्षित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै मधुमेह र उच्च रक्तचाप जस्तै एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सिके राउतको पोस्टर जताततै, महानगरले गर्ला त कारबाही ?
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
९८ लाखसहित समातिएका समीर र मिलन सुन तस्कर
बैशाख २८, २०८१ शुक्रबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार