लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सिद्धार्थ राजमार्ग, गाँजासहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १७, २०७६ मंगलबार १३:२३:२६
१६ मंसिर, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाँजा लिएर पोखरा जाँदै गरेका दुई युवालाई पक्राउ गरेको जानकारी दिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत फेदिखोलामा सवारी चेकजाच गर्ने क्रममा प्रहरी चौकी फेदिखोलाले उनीहरुलाई पक्राउ गरेको हो ।
ग १६ प ५४१३ नम्वरको स्कुटीमा सवार दुई युवाले गाँजा लिएर पोखरा जानेक्रममा पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० अमरसिंह चोक बस्ने बर्ष २० को विपिन गुरुङ् र वडा नम्वर १२ बस्ने बर्ष २१ का मिसन गुरुङ् रहेका छन् । उनीहरुको साथबाट २ सय ३० ग्राम सुकेको गाँजा फेला परेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए ।
पक्राउ परेका दुवै युवालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रमुख लम्सालले बताए । गतसाता दुई युवालाई लागुऔषध सहित स्याङ्जा सदरमुकामबाट पक्राउ गरिएको थियो । प्रहरीले लागुऔषध ओसारपसारमा सिद्धार्थ राजमार्ग ट्रान्जिट प्वाईन्ट भएको अनुमान लगाएपछि चेकजाँचमा कडाई गर्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार