ग्लोबल र जनता बैंकका सबै कार्डबाट मंसिर १९ गते रातिसम्म काराेबार बन्द
नेपालबहस संवाददाता
मंसिर १८, २०७६ बिहिबार २:४५:४५
१८ कार्तिक, काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंकले शुक्रबार (मंसिर २० गते) बाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् ।
ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार गर्ने तयारीमा रहेका यी दुई बैंकबीच मर्जरका लागि गत असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
दुवै बैंकले गएको मंसिर २ गते मर्जर प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा ग्लोबल बैंकको एककित्ता शेयर बराबर जनता बैंकको ०.८५ शेयर स्वाप रेसियो कायम भएको छ । सो निर्णयका कारण नै जनता बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले ग्लोबल बैंकको नाममा ८५ कित्ता शेयर पाउनेछन् ।
दुवै बैंकले एकीकृत कारोबार प्रयोजनका लागि सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएका कारण मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्म एटीएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बीएलबीबाट प्रदान गरिने सबै सेवा बन्द रहने जनाएका छन् ।
मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार