बङ्गलादेशको महिला क्रिकेट टोली फाइनलमा
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ शुक्रबार १:५८:४७
१९ मंसिर पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ‘साग’ अन्तर्गत पोखरामा जारी २० ओभरको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश क्रिकेट टिम फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई २४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनलमा पुगेको हो ।
पोखरा रङ्गशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा दुई विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो । बङ्गलादेशका दुई खेलाडीले शतक प्रहार गरे ।
बङ्गलादेशकी निगार सुल्तानले अविजित ११३ तथा फरगङ्गा हकले अविजित ११० रन जोडेकी थिइन् । पैँसठ्ठी बलको सामना गरेकी सुल्तानले तीन छक्का र १४ चौका प्रहार गरिन् । उनलाई प्लेयर आफ द म्याचले सम्मान गरियो ।
त्यस्तै विस्फोटक ब्याटिङ गरेकी फरगङ्गाले ५३ बलमा २० चौका प्रहार गरेकी थिइन् । माल्दिभ्सका बलर समा अलीले एक विकेट लिइन् । बङ्गलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन् ।
जीतका लागि २५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्सको पारी मात्र ६ रनमा समेटियो । माल्दिभ्सका समा अलीले दुई तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा आएको थियो । बङ्गलादेशको बलर रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रवर्तीले एक–एक विकेट हात पारे ।
यसका साथै राउण्ड रोबिनका तीनवटै खेलमा जीत प्राप्त गरेको बङ्गलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई सात विकेटले र दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
नेपाललाई खेल जित्नैपर्ने दबाब
फाइनल पुग्नका लागि अब नेपाललाई श्रीलङ्काविरुद्ध भोलि हुने खेल जित्नै पर्ने भएको छ । राउण्ड रोबिनमा नेपाल र श्रीलङ्का दुवै एक खेलमा जीत र एक खेलमा पराजित भएकाले दुवैको समान २–२ अङ्क रहेको छ ।
नेपाल र श्रीलङ्का दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्ना खातामा समान दुई अङ्क जोडेका हुन् तर, नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार