भ्रमण वर्षको आकर्षणका लागि ट्राउट माछा र समुन्द्रफिनी चामलको भात
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १९:१५:५५
२० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो ।
वडा नं १ घ्याङ्फेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरवेंशीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै शुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम चलाउन लागिएको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् ।
उनका अनुसार तादी खोलाको तालुकसेरीबाट आगामी पुस अन्तिममा २० हजार ट्राउट माछाका भुरा छाडेर हुर्किएपछि पर्यटकले आफैंले माछा मार्न पाउने व्यवस्था मिलाउने र त्यसको साथमा समुन्द्रफिनी चामलको खाना खुवाउन नयाँ स्वादमा पर्यटक लोभ्याउन लागिएको छ । “तालुकसेरीबाट तादी खोलामा छाडिएका भुरा माछा आफैँ हुर्किएर करीव १० महिनाको अवधिमा मिश्र भञ्याङदेखि समुन्द्रटारसम्म पर्यटक आफैँले माछा मार्न पाउने सन्देश दिएर जिल्लामा पर्यटक भित्र्याउन लागिएको छ”, उनले भनिन्, “गाउँपालिकाले माछा र चामलमार्फत पर्यटकलाई नयाँ स्वाद दिने र धार्मिक तथा पर्यटकीयस्थलको प्रचारलाई पनि सँगसँगै अघि बढाउन आवश्यक तयारी थालिएको छ ।”
पर्यटन प्रवद्र्धन गर्न गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको संयोजकत्वमा समिति गठन गरेर नुवाकोटमा पर्यटक भित्र्याउन अन्य स्थानीयतहसँग समेत समन्वय गर्ने योजना बनाएको छ ।
अध्यक्ष तामाङका अनुसार समितिले दुप्चेश्वर महादेव, बच्छलादेवी, गाउँखर्कको मिनी–दुप्चेश्वरलगायतका मुख्यमुख्य धार्मिक स्थल, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड पदमार्ग, घ्याङफेदीको घरवासमा बसेर तामाङ बस्ती, सागरकुण्ड, कुटुमसाङ लगायतका स्थलको प्रचारप्रसार गरेर भ्रमण वर्ष सफल बनाउन महत्व दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
मोटरेबल पुल निर्माण अन्तिम चरणमा
असोज ४, २०८१ शुक्रबार