किरणसिंहलाई ४२ कि.मि. म्याराथनमा स्वर्ण
नेपालबहस संवाददाता
मंसिर २१, २०७६ शनिबार २०:२४:११
२१ मंसिर काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको छ । नेपाली धावक किरणसिंह बोगटीले नेपाललाई ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेका छन् ।
तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त शनिबार बिहान काठमाडौंको दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गरे । भारतीय धावक रास्पाल सिंहले उक्त दूरी पार गर्न दुइ घण्टा २१ मिनेट ५७ सेकेण्ड लगाए ।
उनी रजत पदक जित्नुभयो । त्यसैगरी अर्का भारतीय धावक श्री सिंह दुई घण्टा २२ मिनेट ७ सेकेण्ड लगाएर तेस्रो हुँदै कास्य पदक जिते । नेपालकै अर्का धावक होमलाल श्रेष्ठले दुई घण्टा २४ मिनेट ३१ सेकेण्ड लगाएर चौथो भए ।
बोगटीले स्वर्ण पदक दिलाउनु भएपनि धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भने भङ गर्न सकेनन।
मानन्धरले सन् १९८७ को सागमा ४२ किलोमिटरको म्याराथन मात्र दुई घण्टा १५ मिनेटर तीन सेकेण्डमा पुरा गरेर स्वर्ण जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार