गौरिकाको कीर्तिमान, नेपाललाई ४५ औं स्वर्ण जुडोबाट
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ सोमबार ०:१२:१३
२२ मंसिर काठमाडौं । गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जितेका छन् । उनले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरेका छन् ।
सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन । उनले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गरिन ।
शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरिन । उनी रजत पदकमा चित्त बुझाइन। श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जितीन । सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पौडिन ।
गौरिकाले स्वर्ण दिलाएसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छ । शनिबारसम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाए ।
जुडोमा देवीकालाई स्वर्ण
तेह्रौं दक्षिण एसियाली खेलकुदको जुडो स्पर्धामा देविका खड्काले स्वर्ण पदक जितीन । देविकाको स्वर्णसँगै नेपालले सागमा स्वर्ण संख्या ४५ पुर्याएको छ । देविकाले ५२ किलो तौल समूहमा श्रीलङ्काली र भारतीय खेलाडीलाई हराएर स्वर्ण पदक जितीन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार