बुटवल पावर, अरुण भ्याली र विजय लघुवित्तको बोनस तथा लाभांश घोषणा
नेपालबहस संवाददाता
मंसिर २३, २०७६ सोमबार २२:४७:३६
२३ मंसिर, काठमाडौं । निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आव २०७५/७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले आव २०७५/७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसमा शेयर लाभांशतर्फ रु दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ रु ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार