अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई समस्या
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार २०:१६:३
२६ मंसिर डोटी । जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ ।
कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा भूषण मिश्रको समायोजनामा काठमाडौं सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ ।
यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खार खोप केन्द्रमा मङ्गलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएपछि बालकको शव परीक्षण गर्न शव जिल्ला अस्पतालमा ल्याइयो तर यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा परिवारले शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगे पनि त्यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा अन्ततः धनगढी लगेर परीक्षण गर्नुप¥यो ।
“एकातिर छोरो मरेको पिडा अर्को तिर डाक्टर नहुँदा जिल्लामा शव परीक्षण हुँन नसक्दा निकै दुःख भयो,” मृतकका ठूलाबुबा हेमप्रकाश मल्लले भने, “जिउँदो छन्जेल त उपचार गर्न सकेनन, मरेपछि पनि कस्तो पिडा दिएको होला ?” उनको मात्र होइन जिल्लामा शव परीक्षण गर्ने डाक्टर नहुँदा यहाँका स्थानीयले यस्तो समस्या झेल्दै आएका दिपायल पिपल्लाका ध्वजबहादुर देउवाले बताए ।
जिल्ला अस्पताल व्यवस्थापन समितिले शव परीक्षण गर्ने डाक्टर ल्याउने तयारी भइरहेको जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जिल्ला अस्पतालमा शव परीक्षण गर्ने डाक्टरदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
बैशाख १५, २०८१ शनिबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार