चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १५:१८:३९
१२ वैशाख, हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।
बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ । उनले भने, “मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम प¥यो तर उहाँको उमेरको योग्यता नपुगेकाले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोक्यो ।”
अस्पतालको स्तरोन्नतिसँगै विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको उपकरण सञ्चालनमा ल्याउन नपाउँदा दुःख लागेको उहाँको भनाइ छ । हाल स्त्रीरोग विशेषज्ञ सेवाको कारण मधेस प्रदेशबाटसमेत सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको सदस्य चौलागाईंको भनाइ छ ।
यसबाहेक अस्पतालमा हाडजोर्नी, छालारोग, आईसियु, एचडियुलगायतका सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । अब मुटुरोग र सर्जनका लागि भने अस्पताल सञ्चालक समिति प्रयासरत रहेको उनको भनाइ छ ।
रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि मुटुरोगसम्वन्धी करिब रु एक करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४÷२५ का अध्यक्ष अनिल अग्रवालले बताए । उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए । उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार