बिष्फोट गर्ने धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा ४ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ शुक्रबार ०:२९:८
२६ मंसिर, बारा । बिष्फोट गर्ने धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा ४ जनालाई परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा परवानिपुर गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका-२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका-३ बस्ने ३९ वर्षीय दिपेन्द्रकुमार धानुक रहेका छन् ।
बारा परवनीपपुर गाँउपालिका-४ स्थित एमएस इँट्टा उद्योगका संचालक बारा कलैया उपमहानगरपालिका-२५ बस्ने मनोजप्रसाद साह तेलीलाई बारा परवानीपुर गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढले २ र ३ महिना पहिलादेखि पटक पटक फोन गरी १५ लाख रुपैयाँ फिरौती रकम माग गरेको र फिरौती रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते प्रमोद गोढ समेतले मनोजप्रसाद तेलीको उक्त इँट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ भनी मोवाइलबाट एसएमस तथा फोन गरी धम्की दिएपछि बुधबार फिरौती रकम ३ लाख लिएर परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरमा आउनु भनि बोलाएका थिए ।
फिरौती रकम माग गरी लिन जाने उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरी उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकामध्ये प्रमोद साह गोढलाई पर्सा बीरगंज उपमहानगरपालिका-८ स्थित सडकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक १ थान र ३ राउण्ड गोली सहित२०७३ चैत्र २८ गते पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुले बारा प्रसौनी गाउँपालिका-४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोवाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात २०७६ असोज १० गते रातको समयमा सुतली बम बिष्फोटन गराएको तथा परवानीपुर गाउँपालिका-४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात २०७६ असोज २ गते सुतली बम बिष्फोटन गराएको र सो रिफाइनरीबाट २५ हजार रुपैयाँ फिरौती रकम लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार