देश चिसोले कठ्याङग्रियो ! कतै खोला जम्यो त कतै हिमपात
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शुक्रबार १८:९:७
२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको मौसम कठ्याङ्ग्रिदो जाडोका कारण ठन्डा भएको छ । मुस्ताङमा माइनस १५ डिग्री पुगेपछि खोला जमेको छ भने उपत्यका आसपासका अग्ला डाँडाहरु हिउँ परेका कारण सेताम्य देखिन थालेको छ ।
देशका अग्ला हिमाली र पहाडी भागमा हिमपात भएको खबरहरु आएका छन् भने तराईका जिल्लाहरुमा वर्षात र शितलहर भइरहेको छ । सबैभन्दा बढी धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ ।
बिहानदेखि नै काठमाडौंसहित देशभर हुस्सु लाग्नुका साथै कतै कतै सिमसिम पानी पर्न सुरू गरेकाे थियाे । लागेको थियो भने तुवाँलोका कारण मौसम धुमिल भएको थियो । बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेको मौसम विभागले जानकारी दिएको छ ।
हिमपातले मुगु, डोटी, डोल्पा, गाेरखा, रसुवा, लगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भाग र देशभरी हिमपात भएकाले सर्वसाधारणलाई अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र चिसाेबाट जाेगिन विज्ञहरूले सुझाव दिएका छन् । ठाउँ अनुसार सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरिसकेकाे छ । विभागका अनुसार हिमपातको क्रम मंसिर २९ गते आइतबारसम्म जारी रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
कफी उत्पादक कृषकलाई अनुदान
असार १७, २०८१ सोमबार
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
असार १७, २०८१ सोमबार
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
असार १७, २०८१ सोमबार
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
असार १७, २०८१ सोमबार
श्रीलङ्कामा सडक दुर्घटना हुँदा १५ जना घाइते
असार १७, २०८१ सोमबार
राजनीतिक उथलपुथलपछि फिजीको प्रमुख पार्टीको दर्ता रद्द
असार १७, २०८१ सोमबार